कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वि.सं.२०८२ साल पौष २५ गते । शुक्रबार । ईश्वी सन् २०२६ जनवरी ९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–षष्ठी, ९ घडी १४ पला, बिहान १० बजेर ४० मिनेट उप्रान्त सप्तमी ।
नक्षत्र–उत्तराफाल्गुनी, २६ घडी ० पला, बेलुकी ५ बजेर २२ मिनेट उप्रान्त हस्त । योग–शोभन, ३४ घडी २९ पला, बेलुकी ८ बजेर ४६ मिनेट उप्रान्त अतिगण्ड । करण–वणिज, बिहान १० बजेर ४० मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कन्या ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २४ मिनेट । दिनमान २६ घडी ६ पला ।
आजको बार बेला
बिहान ६ बजेर ५८ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३४ मिनेटसम्म अमृत बेला ।
बिहान ९ बजेर ३५ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर ११ मिनेटसम्म शुभ बेला ।
दिउसो १२ बजेर १२ मिनेटदेखि दिउसो १ बजेर २९ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ३० मिनेटदेखि दिउसो २ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ४९ मिनेटदेखि बेलुकी ४ बजेर ६ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ६ मिनेटदेखि बेलुकी ७ बजेर ६ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १० बजेर ५२ मिनेटदेखि दिउसो १२ बजेर ११ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रिय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यायसँग सम्बन्धित काममा अलमल हुनेछ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू नै हाबी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । आफन्त तथा मावलीसँग सैद्धान्तिक राय बाझिनेछ । तर पनि भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अधिकार स्थापित गरी इज्जत प्रतिष्ठा जोगाउन सफल होईनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तर पनि सवारी साधन, कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाइ तथा छिमेकीसँग मनमुटाब बढ्ने ग्रहयोग रहेको छ ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय लगानी गरे पनि आम्दानी न्यून हुनेछ । विवाद तथा हुलमुलमा सामेल नहुनु नै राम्रो रहेको छ । अदालती निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बाधा अवरोधको सामना गर्नु पर्नेछ । प्रेममा प्रशङगमा मनमुटाब सिर्जना हुने योग रहेको छ । आट तथा साहस गर्न नसक्दा हातमा आइसकेको काम फुत्कन सक्छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होईनेछ । प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । खाद्यान्न, होटल तथा रेष्टुरेन्ट जस्ता क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ । राजनीति, समाजसेवा, बैठक तथा यात्रामा समय खर्च हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । तर पनि बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । तर पनि प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिने तथा आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाहरूपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थी वर्गका लागी आजको दिन फलदायी रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जानकारीको अभावले कामहरू बिग्रनेछ भने आलोचनाको सिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमी जोडीहरूका लागि समय उत्तम रहेको छ । साँझपख लामो दुरीको योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि पर्यन्त गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण