पार्टीको पक्षमा जनमत सिर्जना गर्न जनसङ्गठनलाई एमाले महासचिव पोखरेलको निर्देशन
सारांश
- एमाले महासचिव शंकर पोखरेलले निर्वाचनका लागि जनसंगठनलाई पार्टीको पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिए।
- उनले निर्वाचनलाई वर्गसंघर्षको लडाइँको रूपमा लिँदै पार्टीको नीति र विचार जनतामाझ पुर्याउन आग्रह गरे।
- बैठकमा भदौ २३ र २४ गतेका घटना योजनाबद्ध भएको र संलग्नताका प्रमाण रहेको कुरा जनतालाई बुझाउनुपर्ने धारणा राखियो।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न जनसंगठनहरूलाई निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
महासचिव पोखरेलले फागुन २१ को निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई वर्गसंघर्षको लडाइँ भएको उल्लेख गर्दै पार्टीको नीति, विचार र उपलब्धिलाई जनतामाझ प्रभावकारी ढङ्गले पुर्याउने जिम्मेवारी जनसंगठनकै काँधमा रहेको स्मरण गराए ।
केन्द्रबाट तय गरिएका योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै पोखरेलले निर्वाचन केन्द्रित बैठक, अभियान र संवादलाई तीव्र बनाउन आग्रह समेत गरे ।
एमालेले सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिँदै आएको छ । पार्टीको सर्कुलरअनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पुर्याउनुपर्ने महासचिव पोखरेलको भनाइ छ ।
बैठकमा महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू स्वतःस्फूर्त नभई योजनाबद्ध रहेको दाबी गर्दै ती घटनामा संलग्नहरूको फुटेज सार्वजनिक भइसकेकाले त्यस विषयलाई लिएर जनतामाझ जानुपर्ने आवश्यकता औँल्याए ।
‘ती घटनामा आन्दोलनका स्टेकहोल्डर टीओबी, फ्री तिब्बत मुभमेन्ट तथा बारबरा फाउन्डेसनसम्मको संलग्नताका कुरा बाहिर आएका छन् । घटना आकस्मिक वा क्षणिक नभई लामो तयारीका साथ घटाइएको थियो, यो कुरा जनतालाई बुझाउन जरुरी छ’, महासचिव पोखरेलको भनाइ छ ।
बैठकमा पार्टी सचिव एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन हुन निर्देशन दिए । आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न जनसंगठनले जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र अभियानलाई प्राथमिकतामा राख्नुपर्ने ढकालको भनाइ थियो ।
बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्ने लक्ष्यसहित जनसंगठनको भूमिकालाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण