कोशी प्रदेशमा घुम्ती अस्पताल सञ्चालन
सारांश
- कोशी प्रदेश सरकारले झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पताल सुरु गर्यो।
- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अस्पतालको शुभारम्भ गरे, जहाँ अत्याधुनिक मेडिकल उपकरण जडान गरिएको छ।
- प्रदेश सरकारले स्वास्थ्य सेवालाई गाउँ-गाउँमा विस्तार गर्ने र जनताको लागि स्वास्थ्य क्षेत्रमा काम गर्ने बताए।
विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अस्पतालको शुभारम्भ गरेका हुन् । ठुलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने बताए । तत्कालै महामारी फैलिँदादेखि स्वास्थ्य शिविरहरू सञ्चालन गर्न यो प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।
यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको चर्चा गर्दै यसलाई थप परिष्कृत गर्दै आम जनतामा पुर्याउने प्रदेश सरकारको तयारी रहेको उनले जानकारी दिए ।
त्यस्तै, प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले प्रदेश सरकारले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताए । करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । त्यस्तै, आज कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयले स्वास्थ्य शिविर समेत आयोजना गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण