कांग्रेस संस्थापनको निष्कर्ष : भूराजनीतिक कारण कांग्रेस विभाजनको संघारमा
सारांश
- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले भूराजनीतिको कारण पार्टी विभाजन हुनसक्ने चिन्ता व्यक्त गरे।
- संस्थापन पक्षको छलफलले पार्टीलाई कमजोर बनाउन आन्तरिक र बाहिरी शक्तिहरू सक्रिय रहेको निष्कर्ष निकाल्यो।
- पार्टी विभाजन रोक्न र एकताका लागि देशभरका नेता तथा कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरियो।
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केन्द्रीय सदस्यहरूले भूराजनीतिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको भन्दै त्यसलाई रोक्न प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौँको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा शुक्रबार भएको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको छलफलले कांग्रेसलाई कमजोर बनाउन भित्रिया र बाहिरी शक्ति सक्रिय भएको निष्कर्ष निकालेको हो ।
छलफलपछि केन्द्रीय सदस्य गुरु बरालले भूराजनीति र राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुनबाट रोक्न सबैमा आह्वान गर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
‘पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो,’ बरालले भने, ‘भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो ।’
उनले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निष्कर्ष निकालेको पनि जानकारी दिए ।
छलफलमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामा सहभागी थिए । त्यस्तै रमा पौड्याल कोइराला, गोमा भटराई, सुशीला ढकाल आचार्य, लक्ष्मी खतिवडा, कृष्णकिशोर घिमिरे, सिता देवकोटा, शारदा पौडेल, सिता राना, रुपा विश्वकर्मा, बराल, मानबहादुर नेपालीसहितका केन्द्रीय सदस्यहरू सहभागी थिए ।
बरालले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको बताए ।
उनले विशेषको नाममा पार्टी विभाजन हुन लागेको भन्दै विशेष भनिरहेकाहरूलाई पनि पार्टी एक ढिक्का बनाउन आह्वान गरिने बताए ।
‘विशेषको नाममा पार्टी विभाजन हुन लाग्यो, उहाँहरूलाई पनि कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निर्णय भयो,’ बरालले भने ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण