विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डपमा आउन थाले प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको आउने क्रम सुरु भएको छ।
देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइपुग्न थालेका जिल्ला समन्वय समितिका संयोजक युवराज पाण्डेले जानकारी दिए ।
पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहेको महाधिवेशन व्यवस्थापन समितिले जानकारी दिएको छ ।
समितिका अनुसार शुक्रबारदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै अघि बढाइँदै छ।
भृकुटीमण्डप परिसरमा पार्टीका झन्डा, ब्यानर तथा प्रचार सामग्री राख्ने काम भइरहेको छ भने प्रवेशद्वार व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको छ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा विशेष महाधिवेशन आह्वान गरिएको थियो ।
जनपरिचालन समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै उद्घाटन सत्रमा ठुलो संख्यामा कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहने अपेक्षा गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण