अरूको कागजात दुरुपयोग गरी इसेवाबाट १ करोडभन्दा बढीको अवैध कारोबार, १९ वर्षीय किशोर पक्राउ
सारांश
- काठमाडौँ अपराध अनुसन्धान कार्यालयले इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ।
- १९ वर्षीय क्रमिक उप्रेतीले अरूको कम्पनीको कागजात दुरुपयोग गरी गैरकानुनी आर्थिक कारोबार गरेको पाइएको छ।
- उप्रेतीले सट्टेबाजी लगायतका प्रयोजनका लागि १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीको कागजात दुरुपयोग गरी अनलाइन भुक्तानी सेवा प्रदायक इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेती रहेका छन्। उप्रेतीले ‘वाइड–स्पेस इन्टरनेसनल प्रालि’ को स्थायी लेखा नम्बर लगायतका महत्त्वपूर्ण कागजातहरू अनधिकृत रूपमा प्रयोग गरेको प्रहरीले जनाएको छ। उनले ती कागजातको दुरुपयोग गरी इसेवा मर्चेन्ट वालेट र व्यक्तिगत इसेवा वालेट खोली गैरकानुनी रूपमा आर्थिक कारोबार सञ्चालन गरिरहेको उजुरी प्रहरीमा परेको थियो।
कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उप्रेतीले खोलेको ई–सेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ सय ३ रुपैयाँ र इसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनले सट्टेबाजी लगायतका प्रयोजनका लागि १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीको ठहर छ।
प्रहरीले उप्रेतीको साथबाट अपराधमा प्रयोग भएका विभिन्न सामग्रीहरू समेत बरामद गरेको छ। बरामद सामग्रीहरूमा एउटा ल्यापटप, दुई थान मोबाइल, १६ थान एनसेलको सिमकार्ड, ३ थान नमस्तेको सिमकार्ड, एउटा स्मार्ट सिम, पेन ड्राइभ र मेमोरी कार्ड रहेका छन्।
पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको एसपी आचार्यले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण