कुलमान सरकारबाट बाहिरिएसँगै फेरि जान थाल्यो झ्याप्प–झ्याप्प बत्ती
सारांश
- पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभरका शहरी क्षेत्रमा बत्ती जाने समस्या बढेको छ।
- उपभोक्ताहरूले लोडसेडिङ पुनः सुरु भएको शंका गरे पनि प्राधिकरणले प्राविधिक समस्या भएको जनाएको छ।
- प्राधिकरणका अनुसार, कुलेखानी प्रसारण लाइनमा आएको समस्याका कारण बत्ती गएको हो।
काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ । लोडसेडिङ हटेको लामो समय भएको छ तर पछिल्लो समय बिहान,दिउँसो र बेलुकाको समयमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ ।
पछिल्लो एक हप्तामा हरेक दिन साँझमा बत्ति जान थालेको छ । यसरी निरन्तर साँझमा बत्ति जाने आउने समस्याले उपभोक्ताहरु समस्यामा पर्न थालेका छन् । यसरी निरन्तर बत्ति जाने थालेसँगै पुनः लोडसेडिङ हुन थालेको हो की भन्ने शंका उपभोक्ताहरुले गर्न थालेका छन् ।
तर,नेपाल विद्युत् प्राधिकरणले नेपाललाई चाहिनेजति बिजुली प्रवाह भइरहेको भन्दै प्राविधिक समस्याका कारण बेला–बेला बत्ती गएको बताएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले पछिल्लो समय झ्याप्प–झ्याप्प बत्ती जाने समस्या लोडसेडिङ वा विद्युत् अभाव नभई प्राविधिक समस्या भएको बताए ।
प्रवक्ता ढकालले भने, ‘केही दिन देखि साँझ पिक समयमा कुलेखानीको प्रसारण लाइन ट्रिप हुँदा प्रणालीमा केही समस्या आएको थियो। यो विद्युत् नपुगेर भएको होइन, प्राविधिक गडबडी मात्र हो ।’
उनले उक्त ट्रिप भएको लाइनमा आज (शुक्रबार) सट–डाउन गरेर मर्मत तथा निरीक्षणको काम भइरहेको जानकारी दिए ।
प्राधिकरणले प्राविधिक समस्याबाहेक विद्युत् आपूर्तिमा कुनै कटौती नभएको स्पष्ट पारेको छ । बुधवार मात्रै ऊर्जामन्त्रीबाट पनि कुलमान घिसिङले राजीनामा दिइसकेका छन् । उनले राजीनामा दिएसँगै पुनः लोडसेडिङ हुन लागेको हो कि भन्ने चर्चा समेत हुन थालेको छ ।
जाडो बढेसँगै बिजुली जाने समस्या बढेको हाे । हिटर, एसी लगायतका उपकरण चलाउने क्रमपछि विद्युत्काे माग बढेसँगै बिजुली जाने समस्या बढेको प्राधिकरणले जनाएको छ ।
काठमाडौँ,भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा झ्याप्प–झ्याप्प बत्ती गइरहेको उपभोक्ताले गुनासो गरेका छन् । काठमाडौं उपत्यका मात्रै नभएर देशभरका सहरी क्षेत्रमा समेत निरन्तर रुपमा बत्ति गइरहेको उपभोक्ताको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण