सिँढी
सारांश
- एक युवती सम्पादककहाँ आइन् र आफ्नो विचार छाप्न आग्रह गरिन्।
- उनीहरूको भेटघाट बाक्लो हुँदै गयो र उनीहरू नजिकिए।
- रातमा युवतीको घरमा बसेपछि, लेखकले उनको वास्तविक रूप बुझे।
एक दिन ऊ सरासर मेरो अफिसमा आई र भनी – “सम्पादक को हुनुहुन्छ ?” सम्पादकीय लेखिरहेको मेरो कलम अनायासै रोकियो । टेबुलबाट मैले एकपल्ट सरसर्ती हेरेँ । एउटा ज्वालामुखी यौवनलाई गुलाफी रङ्गको सारीले बेरेकी युवती सामुन्ने उभिइरहेकी थिई । उसका आँखा चम्किला र अनुहार आकर्षक थियो । साँच्चै ऊ निकै राम्री थिई ।
“म सम्पादकज्यूसँग भेट्न चाहन्छु ।” म झल्याँस्स भएँ । अलि हडबडाउँदो स्वरमा भनेँ, “भन्नोस्, यहाँलाई के सेवा गरौँ ?”
“के तपाईं नै हुनुहुन्छ सम्पादक ?” छेउको कुर्सीमा बस्दै भनी । त्यसबेला उसको आँखामा अलिकति आश्चर्य र खुसी पोखिएको थियो (मैले अनुभव गरेँ) । ‘हो’ भन्ने स्वीकृतिजनक टाउको हल्लाएपछि उसले अलि मुस्कुराउँदै मलाई अभिवादन गरी र भनी, “तपाईंको स्तरीय र निर्भीक पत्रिकाको म नियमित पाठक र प्रशंसक पनि हुँ ।”
मुस्कुराउँदा फक्रेको गुलाफ जस्तै देखिने ऊ, मलाई लाग्यो, अहिले यौवनको सिँढीको सबैभन्दा माथिल्लो खुड्किलामा उभिएकी थिई । त्यही खुड्किलामा उभिएरै उसले आफ्नो छोटो परिचय दिँदै भनी, “यहाँसँग परिचय गर्ने धेरै अघिदेखि चाहना थियो ।”
बोल्दा ऊ निर्धक्क भएर बोल्दथी । उसको आवाजमा एक किसिमको मिठास र स्पष्टता थियो । यतिन्जेलमा मलाई लाग्यो, ऊसँग मित्रता बढाउन सके रमाइलै हुनेछ ।
ऊ केही वर्षदेखि यही सहरमा डेरा गरेर बस्थी । कुनै क्याम्पसकी छात्रा थिई । विद्यार्थी राजनीतिमा निकै सक्रिय, चर्चित र केही विवादास्पद पनि रहिछ । केही क्षणको कुराकानीमै थाहा भयो । त्यसपछि उसले आफ्नो ब्यागबाट केही कागजहरू निकाली र भनी “यो अहिलेको घटनाका सन्दर्भमा लेखिएको हाम्रो प्रतिक्रिया र अलि कडा वक्तव्य हो । यसलाई केही दिनभित्रै छापियोस् भन्ने चाहन्छु । के तपाईं छाप्न सक्नुहुन्छ ?”
वक्तव्य छापिएको भोलिपल्टै धन्यवाद दिन उसले मलाई फोन गरी । त्यसपछि हाम्रो भेटघाट बराबर हुन थाल्यो । ऊ औसत केटीहरूभन्दा निकै बौद्धिक र चलाख थिई ।
उसले तत्कालै निर्णय लिनका लागि पढ्न थाली । ऊ पढ्दै रही, निरन्तर पढ्दै रही । तर मैले केही सुनिनँ । बुझेर पनि बुझिनँ । पढ्दा उसको अनुहार धपक्क बलेको कोइला जस्तै देखिन्थ्यो । म मन्त्रमुग्ध भएर उसलाई धेरैबेरसम्म हेरिरहेँ । यो विशेष सहुलियत मलाई उसको लामो वक्तव्य र बिचबिचमा दोहोर्याउने बानीले प्रदान गरेको थियो ।
उसले वक्तव्य पढेर सकिछे । तर म भने घोरिएर उसको अनुहार पढेको पढ्यै पो भएछु ।
“के सक्नुहुन्छ त ?” पढ्दै गरेको किताब बिचैमा खुलै छाडेर मैले जबाफ दिएँ, “हुन्छ, छाडेर जानोस् । केही आवश्यक संशोधन गरेर छापौँला ।”
वक्तव्य छापिएको भोलिपल्टै धन्यवाद दिन उसले मलाई फोन गरी । त्यसपछि हाम्रो भेटघाट बराबर हुन थाल्यो । ऊ औसत केटीहरूभन्दा निकै बौद्धिक र चलाख थिई ।
उसलाई कवितामा पनि विशेष रुचि थियो, मलाई उसमा । यसै कारण कविता कहिल्यै नबुझ्ने मैले पनि आफूभित्र नयाँ रुचि पैदा गराएँ । कविता र त्यसको मर्म बुझेको अभिनय गर्न थालेँ । मेरो अभिनय ऊसँग मित्रता र त्यसपछि घनिष्ठता बढाउन सफल नै रह्यो । हामी बिस्तारै नजिक हुन थाल्यौँ । अलिअलि आफ्ना निजी कुरा पनि गर्न थाल्यौँ । तैपनि हामीबिच एउटा नबुझिँदो औपचारिकताको पातलो पर्दा अझै टाँगिएकै थियो ।
एक दिन मैले उसलाई एउटा चाइनिज रेस्टुराँमा जान अनुरोध गरेँ । उसले त्यो अनुरोधलाई यति हतारिएर स्वीकार गरी मानौँ ऊ धेरै दिनदेखि त्यसैको प्रतीक्षामा थिई । त्यसै दिन मलाई थाहा भयो ऊ ज्यादै महत्त्वाकाङ्क्षी रहिछे । ऊ यस देशमा आफ्नो केही हैसियत बनाउन चाहन्थी । जसका लागि ऊ मेरो अखबारको उपयोग गर्न चाहन्थी ।
म यस सहरको एउटा चर्चित र लोकप्रिय साप्ताहिक अखबारको सम्पादक थिएँ । जुनसुकै बेला पनि उच्च पद पाउन सक्ने सम्भावना भएका केही पत्रकारहरूको सूचीमा मेरो पनि नाम आउँथ्यो ।
ऊ कहिलेकाहीँ ड्रिङ्क्स पनि लिँदी रहिछे । उसको त्यो अर्को ‘विशेष रुचि’ को जानकारी र फरासिलोपनले म झन्झन् उसप्रति आकर्षित हुँदै गएँ । हामीले त्यस रेस्टुराँमा चार घण्टा यसरी बितायौँ मानौँ त्यो समय हाम्रा चाहनाको चौथाइ भाग पूरा गर्न पनि असमर्थ रह्यो ।
हरेक भेटमा ऊ मलाई नयाँ रूपमा राम्री लाग्दथी । अनि एक भेटको अन्त्य नहुँदै अर्को भेटका लागि व्याकुल भइरहन्थेँ ।
म यस सहरको एउटा चर्चित र लोकप्रिय साप्ताहिक अखबारको सम्पादक थिएँ । जुनसुकै बेला पनि उच्च पद पाउन सक्ने सम्भावना भएका केही पत्रकारहरूको सूचीमा मेरो पनि नाम आउँथ्यो । कहिले मन्त्री र कहिले अञ्चलाधीश हुने हल्ला बेलाबेलामा चल्दथ्यो । हरेक मन्त्रिमण्डलको विघटन हुने हल्ला भएदेखि पुनर्गठन नभएसम्म र अञ्चलाधीशहरूको हेरफेर वा नियुक्ति हुने हल्ला भएदेखि औपचारिक घोषणा नभएसम्म मलाई अग्रिम बधाई दिनेहरू प्रशस्त हुन्थे । अखबारी जीवनका विगत पन्ध्र वर्षदेखि म यस्तै बधाई मात्र सुन्दै रहेँ र विरुद्धमा लेख्दै रहेँ ।
हुन त म असाध्यै कम बोल्ने, केटीहरूको मामलामा सङ्कोची र लजालु प्रवृत्तिको व्यक्ति थिएँ । तर ऊ मेरा लागि के भएर आई कुन्नि । मैले आफ्ना सारा पन र प्रवृत्तिलाई लुगा फुकालेझैँ फुकालेर फ्याँकिदिएँ । उसले मभित्र एउटा ठुलो हलचल पैदा गरिदिएकी थिई । त्यही हलचलले कहिले म आफैँसँग आत्तिन्थेँ । कहिले हुत्तिएर सेकुवा कर्नर पुग्थेँ त कहिले कता ।
मलाई राम्ररी थाहा थियो ऊसँगको आकस्मिक ढङ्गले बढ्दै गएको मित्रता र भेटघाट मेरा लागि महँगो थियो नै । त्यसलाई कायम राख्न अत्यन्त जोखिमपूर्ण र कठिन पनि थियो । म जोखिम र कठिन स्थितिको निरन्तर चाहना गर्दै रहेँ, सहर्ष स्विकार्दै रहेँ ।
एक दिन उसले मलाई आफ्नो डेरामा खान बोलाई । ऊ कहाँ बस्थी मलाई थाहा थिएन । उसको घरनजिकै कुनै निर्धारित स्थान र समयमा ऊ लिन आउन सक्ने बताएपछि मैले उसको निम्तो स्वीकार गरेँ ।
त्यस दिन म समयभन्दा पन्ध्र मिनेटअगाडि त्यहाँ पुगेको थिएँ । ऊ कुन मोडबाट आउने हो, मलाई थाहा थिएन । बाटाका दायाँबायाँ दुवैतिर हेर्दै रहेँ । जिन्दगीमा ज्यादै कम मात्र मैले यसरी कसैलाई पर्खेको छु । धेरै वर्ष पहिले कलेज पढ्दा कहिलेकाहीँ त्यस्तो हुन्थ्यो । तर अब त मलाई पर्खिने र भेट गर्न चाहनेहरूको सङ्ख्या पनि यस सहरमा कम छैन । कहिलेकाहीँ मन्त्री वा निजी सचिव वा यस्तै कसैलाई पर्खिनुपर्छ तर यसरी होइन अत्यन्त सजिएको आकर्षक बैठक कोठामा ।
“अहो ! आज कसरी यता ?”
“कसलाई पर्खिनुभएको ?”
हामी दुवै एउटा अँध्यारो गल्ली हुँदै केही बेर हिँडिरह्यौँ । बाटाभरि उसले केही बोलिन । म पनि चुपचाप हिँड्दै रहेँ, मानौँ हामी एकअर्कामा अपरिचित छौँ । अलग–अलग गन्तव्यमा हिँडेका जस्तै देखिन्थ्यौँ ।
“कहाँ हिँड्नुभएको, पुर्याइदिऊँ कि ?” मोटरसाइकल, प्राइभेट कार रोकेर सोध्नेहरू प्रशस्त भेटिए । म यस्ता प्रश्नहरूले आत्तिन थालेँ । मेरा लागि त्यो मोड नौलो त यसै पनि थियो, पीडादायक पनि भएरै छाड्यो ।
निर्धारित समयभन्दा पन्ध्र–बिस मिनेटपछि ऊ हतारिँदै मैले नसोचेको मोडबाट देखा परी । उसले आकाशे नीलो रङको कुर्ता–सुरुवाल लगाएकी थिई । पहिलेजस्तै त्यस दिन पनि ऊ मलाई नयाँ रूपमा झन् राम्री लागी । त्यसबाहेक वास्तविक उमेरभन्दा ज्यादै कमकी पनि देखिएकी थिई । नजिक आएर हाँस्दै सधैँझैँ अभिवादन गरी र केही ढिलो हुन गएकोमा क्षमा मागी ।
हामी दुवै एउटा अँध्यारो गल्ली हुँदै केही बेर हिँडिरह्यौँ । बाटाभरि उसले केही बोलिन । म पनि चुपचाप हिँड्दै रहेँ, मानौँ हामी एकअर्कामा अपरिचित छौँ । अलग–अलग गन्तव्यमा हिँडेका जस्तै देखिन्थ्यौँ ।
एउटा पुरानो ढाँचाको सानो एकतले घर देखिएपछि उसले मतिर फर्केर भनी– “म यहीँ बस्छु ।”
कोठा सामान्य भए पनि निकै सफा र सजाइएको थियो । भित्तामा फ्रेम हालिएको उसको एउटा ठुलो रङ्गिन तस्बिर पनि टाँगिएको थियो । तस्बिर केही बेर हेरिसकेपछि मलाई लाग्यो यथार्थकी ऊ नै बढी राम्री छे । उसले कफी ल्याई । केहीबेरपछि मासुका केही परिकार, चिप्स र साथमा ड्रिङ्क्स । कफी पिउन्जेल म सोफामा थिएँ । ‘रेड लेबल’ को चुस्कीसँग अब म उसको बिछ्यौनासम्म आइपुगेको थिएँ । साँझलाई हतार थियो । त्यसैले छिटोछिटो हिँडिरहेझैँ देखिन्थ्यो । फुर्सतमा थिएँ म । बिस्तारै पिउँदै रहेँ । साँझहरू कतै बास बसेछन् । तर म भने बाटो हराएको वा अलमलिएको यात्रीझैँ उसको सौन्दर्य, आत्मीयता र आतिथ्यमा हराउँदै गएछु ।
नौ बजिसकेपछि मैले घर फर्किने विचार गरेँ । त्यसपछि आधा घण्टापछि हिँड्ने अठोट गरेँ । त्यसपछि पन्ध्र मिनेटपछि र त्यसपछि... । मसँग कुनै साधन थिएन । मोटरसाइकल चढ्न म रुचाउँदैनथेँ । कार किन्न सक्ने हैसियत बनाउन अझै केही वर्ष पर्खिनुपर्थ्यो । उसकहाँ फोन थिएन । नाइट ट्याक्सी आउने कुरै भएन । त्यहाँबाट मेरो घर आउन निकै टाढा पर्दथ्यो । रातसँगै जाडो पनि छिप्पिँदै थियो । एघार बजिसकेपछि मैले घर फर्किने विचार त्यागिदिएँ । त्यहीँ बस्ने निर्णय गरेँ ।
केही बेर ऊ बोलिन । मलाई लाग्यो मैले गलत निर्णय गरेँ । आफू यसरी निर्लज्ज भइदिएकोमा आफैँसँग ग्लानि भयो । अपराधबोध र अपमानले म रातो भएँ । हुन त त्यसबेला उसकहाँ कोही थिएन । उसका भाइबहिनीहरू जाडोको छुट्टीमा गाउँ गएका रहेछन् । सिङ्गै घरमा ऊ एक्लै थिई । त्यसैले पनि मलाई त्यो निर्णय गर्न सजिलो भएको थियो ।
धेरै ढिलो भए पनि अब मैले घर फर्किने विचार गरेँ । हुन त बाहिरै गएको बखतबाहेक यहीँ छँदा अहिलेसम्म मैले कुनै पनि रात घरबाहिर बिताएको थिइनँ । मैले आफ्नी स्वास्नीलाई सम्झेँ, जो घर फर्किने मेरो निर्धारित समयभन्दा अलिकति पनि ढिलो हुन गएमा अनेकौँ आशङ्काले त्रस्त हुन्थी । त्यहाँबाट हिँड्ने विचारले उठ्नै मात्र के लागेको थिएँ, उसले मेरो हात समाती ।
खास गरी यौवनको सबैभन्दा माथिल्लो खुड्किलामा उभिएका ऊजस्ता युवतीहरूका लागि त युद्धस्तरमै खोजी गर्नु आवश्यक थियो । तर उसको चाहना त्यत्तिकै टुङ्गिँदैनथ्यो ।
आफ्नो अनुहार एकदमै नजिक ल्याएर हेर्दै भनी “हुन्छ, यहीँ बस्नोस् ।” उसले एकपछि अर्को पेग भर्दै छिटोछिटो पिइरही । मैले पहिले उसको सौन्दर्य मात्र देखेको थिएँ, अब बिस्तारै पिउन पनि सुरु गरेँ । उसले ह्विस्की ज्यादा पिइरहेकी थिई । मैले भने ह्विस्की कम र सौन्दर्य ज्यादा पिइरहेको थिएँ । यसरी हामी दुवै नशामा थियौँ । मैले घर फर्किने विचार गरेको कुरा फेरि बिर्सिएछु । घर, स्वास्नी सबै बिर्सिएछु । केवल आफू र ऊबाहेक त्यस बेला अरू केही मलाई याद भएन ।
सधैँझैँ अहिले नशामा पनि ऊ आफ्ना महत्त्वाकाङ्क्षाका कुरा गर्दै थिई । त्यहाँसम्म पुग्नका लागि ऊ मलाई सिँढी वा पुल बनाउन चाहन्थी । तर म उसका लागि न सिँढी हुन सक्थेँ न त पुल । त्यसो त म बिलकुलै सम्भावनाहीन व्यक्ति पनि होइनँ । केही ठूलाबडाहरूसँग मेरो राम्रै सम्पर्क र घनिष्ठता पनि थियो । यो कुरा सायद उसले पनि राम्ररी बुझेकी थिई । त्यसैले भविष्यमा म उसको लोग्ने हुन सक्ने सम्भावना नभए पनि मसँग ‘विशेष मित्रता’ बढाइरहेकी थिई । यो कुरा मैले किन पनि सोचेँ भने प्रायः हरेक युवतीहरूले आफ्नो प्रेमीलाई सम्भावित लोग्नेको रूपमा हेर्ने गर्छन् ।
खास गरी यौवनको सबैभन्दा माथिल्लो खुड्किलामा उभिएका ऊजस्ता युवतीहरूका लागि त युद्धस्तरमै खोजी गर्नु आवश्यक थियो । तर उसको चाहना त्यत्तिकै टुङ्गिँदैनथ्यो । ऊ आफ्नो अलग पहिचान र हैसियत बनाउन तल्लीन थिई । जे होस्, उसको महत्त्वाकांक्षाले सम्बन्धलाई कायम राख्न बाधा होइन, सहायता नै पुर्याइरहेको थियो ।
उसलाई खास पिउने आदत रहेनछ । ऊ छटपटाउन थाली । खोक्दै, घाँटी समाएर बाथरुमभित्र पसी । केहीबेरपछि निस्किएर केही नशालु तर निस्तेज आँखाले मलाई हेर्दै डड्ङ बिछ्यौनामा ढली । छामेँ, ऊ चिसो मुढोजस्तै थिई । मैले मुढो केही बेर पल्टाइरहेँ । पल्टाउँदापल्टाउँदै मलाई लाग्यो, ऊ मुढो होइन कुनै ओइलाएको फूल थिई । मैले त्यसलाई हत्केलामा राखेर किचिमिची पारेँ । जसरी म केटाकेटी छँदा आफ्नो हात रातो बनाउनका लागि बाह्रमासे फूललाई किचिमिची पार्दथेँ र हेर्दथेँ ।
म रातभर बाह्रमासे फूललाई किचिमिची पार्दै रहेँ । रातो हात हेर्दै रहेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण