विशेष महाधिवेशन छाडेर निर्वाचनमा केन्द्रित हुन कांग्रेसका १२ जिल्ला सभापतिको आग्रह
सारांश
- नेपाली कांग्रेसका १२ जिल्ला सभापतिहरूले फागुन २१ को निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।
- उनीहरूले विशेष महाधिवेशनको मागलाई अनुपयुक्त भन्दै नियमित अधिवेशनको प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताए।
- सभापतिहरूले पार्टी एकता कायम गरी विभाजनबाट जोगाउन वार्ता र संवादको आवश्यकता औंल्याए।
काठमाडौँ । नेपाली कांग्रेसका १२ जना जिल्ला सभापतिहरूले मुलुकको वर्तमान संवेदनशील राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आन्तरिक विवाद र विशेष महाधिवेशनमा नअल्मलिई आगामी फागुन २१ गतेको आम निर्वाचनमा केन्द्रित हुन सबैमा आग्रह गरेका छन् ।
शनिबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले प्रतिनिधिसभा विघटन भई मुलुक निर्वाचनको प्रक्रियामा अघि बढिसकेको अवस्थामा पार्टीभित्रै विशेष महाधिवेशनको माग उठ्नु अनुपयुक्त भएको उल्लेख गरेका छन् ।
जिल्ला सभापतिहरूले २०८२ पौष १८ गतेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले १५ औँ नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेकाले नियमित अधिवेशनकै प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
उनीहरूले वक्तव्यमा लेखेका छन्, ‘विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको र हाल त्यसको उपयुक्त वातावरण समेत नभएको हुँदा वार्ता र संवादमार्फत पार्टी एकता कायम गरी विभाजनबाट जोगाउनु आजको आवश्यकता हो।’
सभापतिहरूले कांग्रेस अन्य भेला र समारोहमा नअल्मलिई संविधानको संरक्षण र राजनीतिक निकासका लागि फागुन २१ को निर्वाचनमा सक्रिय रूपमा केन्द्रित हुन आग्रह गरेका छन् ।
विज्ञप्तिमा धादिङ सभापति रामनाथ अधिकारी, मोरङ सभापति डिगबहादुर लिम्बु, दोलखा सभापति बर्मा लामा, नुवाकोट सभापति रमेशकुमार महत, खोटाङ सभापति विष्णुकुमार राई र चितवनका राजेश्वर खनालले हस्ताक्षर गरेका छन् ।
त्यस्तै कालिकोट सभापति अम्बबहादुर शाही, रुपन्देही सभापति रामकृष्ण खाँण, दैलेख सभापति मणिराम रेग्मी, पाँचथर सभापति रूपनारायण जगेबु, बाजुरा सभापति रामसिंह रावल र पश्चिम नवलपरासीका कार्यवाहक सभापति विक्रम प्रसाद यादवले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण