राजनीति
देउवा र खड्कालाई विशेष महाधिवेशनमा निमन्त्रणा
शनिबार, २६ पुस २०८२, १६ : २५
सारांश
- विशेष महाधिवेशन पक्षधरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निम्तो पठाएका छन्।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन बोलाइएको छ।
- संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको इतर समूहले विशेष महाधिवेशनलाई मान्यता दिएका छैनन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधरले निमन्त्रणा पठाएका छन् । देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिको आतिथ्यता ग्रहणका लागि निम्ता पठाइएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान भएको छ । त्यो विशेष महाधिवेशनलाई पार्टीको संस्थापन समूह र डा.शेखर कोइराला नेतृत्वको इतर समूहले मान्यता दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण