देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको छ : पूर्वराजा शाह
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको संकटले आफू चिन्तित भएको बताएका छन्, जसले झन्डै दुई दशकअघि राजकाज छाडेका थिए।
- उनले दलहरूको चाहना अनुसार राजकाजबाट बाहिरिएको र देशको वर्तमान अवस्थाप्रति निराशा व्यक्त गरे।
- ज्ञानेन्द्र शाहले नेताहरूको भाषणले देश बन्न नसक्ने र पृथ्वीनारायण शाहको योगदानको स्मरण गरे।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले झन्डै दुई दशकअघि दलहरूको चाहना अनुसारै राजकाजबाट बाहिरिएको र अहिले देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताएका छन् । शनिबार राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
उनले शान्ति ल्याउँछौँ, आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार श्रीपेच जनताकै सुरक्षित संरक्षित निकायमा बुझाएर सहयोगी नियतका साथ राजकाजबाट बाहिरिएको समेत स्मरण गरेका छन् । पूर्वराजा शाहले भने– ‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ ।’
उनले अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको बताउँदै आफू राजदरबारबाट बाहिरिएको करिब २ दशक बितिसक्दा समेत देशले संकट बेहोरिरहेको बताएका छन् ।
पूर्वराजा शाहले नेताहरूको भाषण र जादुले देश बन्न नसक्ने समेत बताएका छन् । उनले पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गर्दै यो मुलुक राजाको मात्रै होइन, जनता र राजाको समान स्वामित्वको देश पनि हो भन्ने सन्देश दिन सफल भएको बताएका छन् । ‘आधुनिक नेपाललाई चार वर्ग ३६ जातको साझा फूलबारीको रूपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्रै होइन, जनता र राजाको समान स्वामित्वको देश पनि हो भन्ने सन्देश दिइबक्सेको थियो ।’
उनले सबै नेपालीलाई यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्न आह्वान समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण