कर्णालीमा साढे नौ हजार निर्वाचन प्रहरीको माग: सुर्खेतमा सबैभन्दा धेरै
सारांश
- कर्णाली प्रदेशमा फागुन २१ गते हुने निर्वाचनका लागि ९,७४३ म्यादी प्रहरीको माग गरिएको छ।
- सुर्खेतमा सबैभन्दा बढी र हुम्लामा सबैभन्दा कम म्यादी प्रहरीको माग गरिएको छ।
- पुस २५ देखि माघ १ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिनेछ।
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कर्णाली प्रदेशमा नौ हजार ७४३ निर्वाचन (म्यादी) प्रहरीको माग गरिएको छ। प्रदेशका १० जिल्लामा रहेका १२ वटा निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालय सुर्खेतले दरखास्त आह्वान गरेको हो।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतमा एक हजार ६२८ र सबैभन्दा कम हुम्लामा ५४९ म्यादी प्रहरीको माग गरिएको छ। यस्तै दैलेखमा एक हजार ३७८, सल्यानमा एक हजार ३१० र कालीकोटमा एक हजार १०२ जनाको माग भएको छ। जाजरकोटमा ८८६, जुम्लामा ८७८, मुगुमा ५८० र डोल्पामा ५७९ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ।
निर्वाचन प्रहरी बन्न इच्छुक उम्मेदवारहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सक्ने व्यवस्था मिलाइएको छ। यस अवधिमा सार्वजनिक बिदा परे पनि दरखास्त लिने कार्य निरन्तर जारी रहने प्रहरीले जनाएको छ। सरकारले आसन्न निर्वाचनको सुरक्षाका लागि देशभर कुल एक लाख ४९ हजार ९० जना म्यादी प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत गरिसकेको छ।
निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने सरकारको योजनाअनुसार कर्णालीमा पनि भर्ना प्रक्रियालाई तीव्रता दिइएको हो। आवेदनका लागि आवश्यक योग्यता र छनोट प्रक्रियाबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले विस्तृत जानकारी उपलब्ध गराउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण