ऋषभले न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृङ्खला गुमाउने, ध्रुव जुरेल टिममा
सारांश
- भारतीय क्रिकेटर ऋषभ पन्त न्युजिल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला गुमाउने भएका छन् ।
- ब्याटिङ अभ्यासका क्रममा कम्मरमा चोट लागेपछि उनी शृङ्खलाबाट बाहिरिएका हुन् ।
- ध्रुव जुरेललाई उनको स्थानमा टोलीमा समावेश गरिएको छ, र खेल वडोदराबाट सुरु हुँदैछ।
काठमाडौँ । भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्त न्युजिल्यान्डविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खला गुमाउने भएका छन् । शनिबार ब्याटिङ अभ्यास गर्ने क्रममा उनी घाइते भएका हुन् ।
बरौडामा अभ्यासका क्रममा थ्रोडाउन स्पेसलिस्टले फ्याँकेको बल कम्मरभन्दा माथि लागेपछि २८ वर्षीय पन्त घाइते भएका हुन् । तत्कालै टोलीका सहयोगी स्टाफ र मुख्य प्रशिक्षक गौतम गम्भीरले उनलाई उपचारका लागि पठाएका थिए ।
इन्डियन एक्सप्रेसका अनुसार पन्त फ्रन्ट–फुट डिफेन्समा अभ्यास गरिरहेका थिए । चोटका कारण उनी मैदानबाट बाहिरिएका थिए । टिम म्यानेजमेन्टका अनुसार तीन खेलको एक दिवसीय शृङ्खलाको बिचमा धेरै कम समय भएकाले उनी शृङ्खलाबाट बाहिरिने भएका हुन् । उनको स्थानमा ध्रुव जुरेललाई टोलीमा समावेश गरिएको छ ।
पन्तले भारतका लागि पछिल्लो पटक जुलाई २०२४ मा श्रीलंकाविरुद्ध एक दिवसीय खेलेका थिए । उनी २०२५ च्याम्पियन्स ट्रफी जित्ने टोलीका सदस्य भए पनि कुनै खेलमा सहभागी भएका थिएनन् ।
न्युजिल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला वडोदराबाट आज (आइतबार) बाट सुरु हुँदैछ । दोस्रो खेल जनवरी १४ मा राजकोटमा र तेस्रो खेल जनवरी १८ मा इन्दौरमा हुनेछ । त्यसपछि दुवै टोलीले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण