दक्षिण कोरियाका क्रियाशील पत्रकारहरूले नेपाल पत्रकार महासङ्घको आठौँ अधिवेशन बहिष्कार गर्ने
सारांश
- नेपाल पत्रकार महासङ्घ दक्षिण कोरियाको आठौँ अधिवेशन त्यहाँका पत्रकारहरूले बहिष्कार गर्ने घोषणा गरेका छन्।
- केन्द्रको निर्देशन र विधान विपरीत अधिवेशन गर्न लागिएको भन्दै बहिष्कार गर्ने निर्णय गरेका हुन्।
- सल्लाहकार, उपाध्यक्ष, सचिव लगायत कार्यसमिति सदस्यहरूको बहिष्कारमा सहभागिता रहेको छ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरियाले आज गर्न लागेको आठौँ अधिवेशन त्यहाँका क्रियाशील पत्रकारहरूले बहिष्कार गर्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले केन्द्रको निर्देशन र विधान विपरीत महाधिवेशन गर्न लागिएकोले बहिष्कार गर्ने घोषणा गरेको हो ।
‘कार्यसमिति र निर्वाचन समितिको मिलेमतोमा जुन किसिमको हर्कतहरु गरिरहेको छ यस्तो अवस्थामा हामीले यो अधिवेशन नामको चटकको घोर भर्त्सना सहित बहिष्कार गरेको घोषणा गर्दछौँ । केन्द्रीय समितिको निर्देशनलाई पटक–पटक बेवास्ता गर्दै आफूखुसी गरिएका कुनै पनि गतिविधि वैधानिक हुँदैनन् ।
विधान च्यातेर, केन्द्रको निर्देशनलाई बेवास्ता गर्दै गर्न लागिएको अधिवेशन न त मान्य हुन्छ, स्वीकार्य हुन्छ । यस्तो अधिवेशन केवल पद स्वार्थ र राजनीतिक स्वार्थका लागि गरिएको नाटक मात्र हो’, विज्ञप्तिमा भनिएको छ ।
बहिष्कार गर्नेहरूमा सल्लाहकार मीन विक, उपाध्यक्ष विक्रम बज्यु, सचिव डा.कमला केसी, कार्यसमिति सदस्यहरू रोशन राई, विशाल श्रेष्ठ, सदस्यहरू गोविन्द बानियाँ, अर्जुन बराल र शिव भुसाल रहेका छन् ।
यस्तो छ विज्ञप्ति-


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण