झुम्का कारागारबाट फरार कैदी पक्राउ
सारांश
- सुनसरीको झुम्का कारागारबाट फरार कैदी अनिष मगरलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।
- कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका मगर भदौ २४ गते कारागारको आन्दोलनको बेला फरार भएका थिए।
- प्रहरीले मगरलाई मोरङ जिल्ला अदालत पठाउने तयारी गरिरहेको छ।
सुनसरी । सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी अनिष मगरलाई प्रहरीले पुनः पक्राउ गरेको छ। सुनसरी इटहरी उपमहानगरपालिका–४ घर भएका २२ वर्षीय मगरलाई मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित गैरीगाउँबाट शनिबार बेलुका ६ बजे नियन्त्रणमा लिइएको हो।
गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको टोलीले उनलाई फेला पारेको हो। कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएका मगर झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनी गत भदौ २४ गते कारागारमा भएको आन्दोलनको क्रममा फरार हुन सफल भएका थिए। फरार भएपछि प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएको थियो।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। उनलाई थप आवश्यक कारबाहीका लागि मोरङ जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण