४९ दिनको अन्योलको परिणाम सतहमा आयो: कांग्रेसमाथि एमाले नेता रिजालको टिप्पणी
सारांश
- विष्णु रिजालले कांग्रेसले दलभित्रको प्रश्नमा छलफल नगर्दा परिणाम देखिएको बताए।
- उनले कांग्रेसले महाधिवेशनबारे निर्णय लिन ४९ दिन लगाएको टिप्पणी गरे।
- एमालेले भने ५७ दिनमै महाधिवेशन सम्पन्न गरेको रिजालको भनाइ छ।
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली कांग्रेसले दलभित्र उठेका प्रश्नहरूमाथि समयमै छलफल नगर्दा त्यसको परिणाम अहिले सार्वजनिक रूपमा देखिएको टिप्पणी गरेका छन् ।
आइतबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै रिजालले कांग्रेसले महाधिवेशन गर्ने कि नगर्ने भन्ने निर्णयमै ४९ दिन लगाएको बताए ।
‘एमालेले केन्द्रीय कमिटी बैठकमा व्यापक छलफल गरेर सर्वसम्मत निर्णयका आधारमा ५७ दिनभित्र महाधिवेशन आयोजना गरेर प्रश्नहरूको विधिसम्मत समाधान निकाल्यो ।
कांग्रेसले चाहिँ प्रश्नहरूमाथि छलफल नै गरेन र महाधिवेशन गर्ने कि नगर्ने भनेर ४९ दिन बितायो । आज त्यसैको परिणाम सार्वजनिक रूपमा छताछुल्ल भएको छ ।’ रिजालले लेखेका छन् ।
उनले लोकतान्त्रिक प्रणालीमा दल र नेतृत्वमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उल्लेख गर्दै त्यसलाई टार्ने होइन, विधि र प्रक्रिया अनुसार समाधान खोज्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण