वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
सारांश
- पुष्पकमल दाहालले राष्ट्रको स्वाधीनता र स्वतन्त्रताका लागि जनताको एकता आवश्यक रहेको बताए ।
- उनले देशभक्त नेपालीबीच एकता र राष्ट्रिय आत्मसम्मानका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
- माधवकुमार नेपालले राजनीतिक उपलब्धिको संरक्षण गर्दै लोकतन्त्रवादी र वामपन्थीहरूलाई मिलाएर लैजानुपर्ने बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई कायम राख्न जनताको एकता आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्नेमा जोड दिए । राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले वामपन्थी शक्तिबिच ध्रुवीकरण गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबी गरे ।
सोही कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संरक्षण गर्नुपर्ने बताए । उनले उपलब्धि जोगाउन लोकतन्त्रवादी शक्ति र बाँकी रहेका वामपन्थीहरूलाई पनि मिलाएर लैजानुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण