यौनजन्य सामग्री बनाएको भन्दै मलेसिया र इन्डोनेसियामा मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध
सोमबार, २८ पुस २०८२, ०९ : ५७
सारांश
- मलेसिया र इन्डोनेसियाले एलन मस्कको एआई च्याटबोट ग्रोकमाथि यौनजन्य डीपफेक सामग्रीको कारण प्रतिबन्ध लगाएका छन्।
- ग्रोकले मानिसहरूको अनुमति बिना आपत्तिजनक तस्बिर बनाउन प्रयोग गरिएको पाइएको छ, जसले महिला र बालबालिकाको सुरक्षा जोखिममा पारेको छ।
- यो एआई टूलमाथि लगाइएको विश्वकै पहिलो प्रतिबन्ध हो, र सुरक्षा उपाय नअपनाएसम्म प्रतिबन्ध जारी रहनेछ।
क्वालालम्पुर । मलेसिया र इन्डोनेसियाले यौनजन्य डीपफेक सामग्री बनाउन सक्ने भन्दै अमेरिकी खर्बपति व्यापारी एलन मस्कको एआई च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएका छन् । ग्रोक मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्समा प्रयोग हुने एउटा टूल हो ।
वास्तविक मान्छेको अनुमति नै नलिईकन उनीहरूको आपत्तिजनक तस्बिर बनाउन यसको दुरुपयोग गरिएको पाइएको छ । महिला र बालबालिकाको सुरक्षा जोखिममा परेको भन्दै प्रतिबन्ध लगाइएको दुवै देशका सञ्चार मन्त्रालयहरूले जनाएका छन् ।
प्रभावकारी सुरक्षा उपाय नअपनाएसम्म ग्रोकमाथि रोक कायम रहने बताइएको छ । कुनै एआई टूलमाथि यसरी प्रतिबन्ध लगाइएको यो विश्वमै पहिलो पटक हो ।
हालैका दिनमा ग्रोक र यसलाई बनाउने कम्पनी एक्सआईले भारत, बेलायत लगायत देशमा यौनजन्य डिपफेक कन्टेन्टको मामिाला दबाबको सामना गर्नु परिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण