हिन्दी फिल्म अभिनय गर्दै अभिनेत्री वर्षा राउत
सारांश
- अभिनेत्री वर्षा राउतले हिन्दी फिल्म 'रिमझिम गिरे सावन' मार्फत अभिनयमा डेब्यु गर्ने भएकी छिन्।
- यो फिल्म मृत्युदण्डको सजाय पाएकी महिलाको संघर्षपूर्ण कथामा आधारित छ, जसमा वर्षाले रिमझिमको भूमिका निर्वाह गर्नेछिन्।
- फिल्ममा बलिउडका सुब्रत दत्त, राजेश शर्मा, आशिष् विद्यार्थी र यशपाल शर्माको मुख्य भूमिका रहनेछ।
काठमाडौँ । अभिनेत्री वर्षा राउतले हिन्दी फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छिन् । उनले फिल्म ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी फिल्ममा डेब्यु गर्न लागेकी हुन् । उनले हाले काठमाडौँमा फिल्मका निर्माण पक्षसँग सम्झौता गरेकी छन् ।
सन् २०१६ को सफल फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ जस्ता ब्लकबस्टर फिल्म दिएकी छन् । वर्षाका लागि ‘रिमझिम गिरे सावन’ विदेशी भाषाको पहिलो फिल्म हो ।
फिल्म मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’को सङ्घर्षपूर्ण कथामा बन्न लागेको हो । जसमा रिमझिमको भूमिकामा राउतले अभिनय गर्नेछिन् । फिल्मका निर्देशक अर्नब पल हुन् । ‘रिमझिम गिरे सावन’ले प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिलाले गर्ने भावनात्मक र साहसी सङ्घर्षलाई पर्दामा उतार्ने निर्देशक पलले बताए । पलले यसअघि ‘तान्त्रिक’ जस्तो क्राइम थ्रिलर र ‘मेघमल्लार’ जस्ता भावनात्मक कथा बोकेको फिल्म बनाएका थिए ।
फिल्ममा बलिउडका सुब्रत दत्त, राजेश शर्मा, आशिष् विद्यार्थी र यशपाल शर्माको मुख्य भूमिका रहनेछ । रिमझिमकी दिदी ‘रुन्झुन’को भूमिकामा कोलकाताकी कलाकार सुस्मिता बसुमता देखिनेछिन् भने ‘सावन’को भूमिकाका लागि एक चर्चित बलिउड अभिनेताको खोजी भइरहेको निर्माण पक्षले ‘आफूले खोजेको र अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका भएकोले ‘रिमझिम गिरे सावन’ अभिनय गर्न लागेको वर्षाले बताइन् । उनले भनिन् ,‘हिउँले भरिएको कठिन भूगोलमा छायाङ्कन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरा लागि सिक्ने र बढ्ने अवसर हो ।’
फिल्मको पटकथा लेखक राकेश कुमार त्रिपाठीले तयार पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण