सिँचाइ विभागका पूर्व इन्जिनियरविरुद्धको भ्रष्टाचार मुद्दाको पेसी तोकियो
सारांश
- सिँचाइ विभागका पूर्व इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदैछ।
- अख्तियारले श्रेष्ठमाथि ४ करोड ८८ लाख रुपैयाँको सम्पत्ति जफत गर्न माग गरेको छ, गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा।
- श्रेष्ठले परिवारको नाममा पनि सम्पत्ति लुकाएको आरोप लागेको छ, जसमा श्रीमती, बाबु, आमा र छोरा समेत संलग्न छन्।
काठमाडौँ । सिँचाइ विभागका पूर्व इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध सार्वजनिक पदमा रहँदा सरकारी संरचनाहरूको निर्माणमा ठेकेदारहरूसँग मिलेर कमिसन लिई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उनको नाममा रहेका विभिन्न सम्पत्तिहरूको स्रोत पत्ता लाग्न नसकेको भन्दै अख्तियारले ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँको सम्पत्ति जफत गर्न माग गरेको छ।
यसका अतिरिक्त, विष्णु कुमार श्रेष्ठले आफ्नो परिवारको नाममा समेत गैरकानुनी सम्पत्ति स्थानान्तरण गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ । उनको पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई पनि आरोपित गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको जाँच अनुसार, विष्णु कुमार श्रेष्ठले २0७७ सालको माघ महिनासम्म ११ करोड २५ लाख ६५ हजार रुपैयाँभन्दा बढी आय आर्जन गरेको अभियोग छ । यसमा तलब, पारिश्रमिक, कम्पनी मुनाफा, कृषि आय, शेयर बिक्री लगायतका विभिन्न स्रोतहरू समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण