गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द भण्डारी नियुक्त
सारांश
- सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गरेको छ।
- मन्त्रिपरिषद् बैठकले इसीमोडको वार्षिक योगदान रकम बुझाउन अनुमति दिने निर्णय गरेको छ।
- बैठकले वित्तीय क्षेत्र विकास रणनीति र मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ।
काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी (अखण्ड) लाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
साथै बैठकले इसीमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान रकम २ लाख ८३ हजार ५०३ बुझाउन अनुमति दिने निर्णय पनि गरेको छ ।
त्यसबाहेक मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/८७ सम्मका स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी २०२५ मार्चमा भूकम्पबाट क्षतिग्रस्त बनेको म्यानमारको माहामुनी बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माण गर्न अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
बैठकले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ । त्यसबाहेक मन्त्रिपरिषद् बैठकले माघ ४ गते आइतबार ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्नवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण