सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २० हजार ७२७ नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने भएको छ ।
निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गर्न लागिएको हो । परिचालन गरिनेमध्ये सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय, निर्वाचन सेलका प्रहरी निरीक्षक धर्म विष्टले भने, “निर्वाचन सुरक्षा योजनाअनुसार मतदानस्थलको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी खटिने छन्, हरेक मतदान केन्द्रमा तीन प्रहरी सङ्ख्या बराबर पाँच जनाका दरले निर्वाचन प्रहरी परिचालित हुँदैछन् ।”
यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आ आफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।
प्रदेशका सबै नौ जिल्लामा ३०२ मतदानस्थललाई सामान्य, ३९५ मतदानस्थललाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील निर्वाचनस्थल तोकेर सोहीअनुसारको सुरक्षा व्यवस्थापन मिलाउन लागिएको छ । निर्वाचनका लागि प्रदेशभर एक हजार १७८ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ ।
प्रदेशको कैलाली जिल्लामा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, बझाङ, डोटी, बाजुरा, दार्चुला, बैतडी र डडेलधुरामा एक/एक गरी १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण