कांग्रेसदेखि रास्वपासम्मलाई कलाकार गिरीको झटारो
सारांश
- वरिष्ठ कलाकार दीपकराज गिरीले राजनीतिक दलहरूलाई सचेत गराएका छन् र अनावश्यक गाली गलौजमा नउत्रिन आग्रह गरेका छन्।
- उनले राजनीतिक दलहरू आफ्नो स्वार्थ अनुसार मिल्न सक्ने भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरेका छन्।
- गिरीले विभिन्न दलहरूको उदाहरण दिँदै मतदातालाई आफ्नो रोजाइको नेतालाई भोट हाल्न र काम गर्न सुझाव दिए।
काठमाडौँ । वरिष्ठ कलाकार दीपकराज गिरीले राजनीतिक दलहरूलाई झटारो हान्दै नागरिकलाई सचेत गराएका छन् । जुनसुकै दल आफ्नो स्वार्थ अनुसार हरेकसँग मिल्न सक्ने भएकोले अनावश्यक गाली गलौजमा नउत्रिन उनले आग्रह गरेका हुन् ।
उनी लेख्छन्– 'द्वन्द्वकालमा सबैभन्दा बढी कांग्रेसका कार्यकर्ता नै मारिए, पोहोर कांग्रेसले आफ्ना कार्यकर्तालाई त्यहि माओवादीलाई भोट हाल्न लगायो । ४६ सालपछि गाउँघरमा कांग्रेस र एमाले भन्दै जनता लड्दै आए, कति मरे पनि, तर यता आलोपालो भन्दै मिलेर सरकारै चलाए । सायद अबको चुनावमा यी फेरि मिल्न पनि सक्छन् ।'
गिरी थप लेख्छन्– 'नयाँ शक्तिको रूपमा उदाएको रास्वपा पनि गएर एमालेसँग मिलेर सरकार चलायो । यो हो राजनीति, सिधासाधाले यो कुरा बुझौँ । एउटाको पुच्छर समातेर गाली गलौज झगडा गरेर नबसौँ । आफ्नो मन पर्ने परिवर्तनकारी नेता वा पार्टी जो लाग्छ त्यसलाई भोट हालौँ ,अनि आ आफ्नो काम गरेर बसौँ । '

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण