अध्यागमन कारबाहीविरुद्ध ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर
सारांश
- मिनेसोटा राज्यले संघीय अध्यागमन कारबाहीको विरोध गर्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ।
- मिनियापोलिस र सेन्ट पल सहरले संघीय अधिकार क्षेत्र मिचेको आरोप लगाएका छन्।
- मुद्दामा जथाभावी अध्यागमन कारबाही रोक्न माग गरिएको छ र ट्रम्प प्रशासनमाथि बदला लिने उद्देश्यले काम गरेको आरोप छ।
वासिङटन डीसी । अमेरिकाको मिनेसोटा राज्यले व्यापक संघीय अध्यागमन कारबाहीको विरोध गर्दै ट्रम्प प्रशासनमाथि मुद्दा दायर गरेको छ ।
मिनेसोटा राज्य तथा ‘जुम्ल्याहा सहर’ भनेर चिनिने मिनियापोलिस र सेन्ट पल सहरले अभूतपूर्व रूपमा संघीय अध्यागमन कारबाही गरेर प्रशासनले संघीय अधिकार क्षेत्र अतिक्रमण गरेको दाबी गर्दै मुद्दा हालेका हुन् ।
मुद्दामा जथाभावी अध्यागमन कारबाही तत्काल रोक्न माग गरिएको छ । मिनेसोटाका महान्यायाधिवक्ता किथ एलिसनले सोमबार आयोजित पत्रकार सम्मेलनमा मुद्दाको घोषणा गर्दै भने, “यो अब रोकिनै पर्छ ।”
गृह सुरक्षा मन्त्रालय (डीएचएस) ले योजनाबद्ध रूपमा कारबाही गरी स्थानीय समुदायमा आतंक फैलाएको आरोप लगाउँदै इलिनोइज राज्य र सिकागो सहरले ट्रम्प प्रशासनमाथि मुद्दा दायर गरेलगत्तै मिनेसोटाको यो मुद्दा दर्ता भएको हो ।
दुवै मुद्दामा संघीय सरकारले अमेरिकी संविधानको दशौं संशोधन उल्लंघन गरेको तर्क गरिएको छ । यद्यपि सहायक गृह सुरक्षा मन्त्री त्रिसिया म्याकलाफलिनले सिकागो र इलिनोइजले दायर गरेको मुद्दा आधारहिन रहेको प्रतिक्रिया दिएकी छन् ।
ट्रम्प प्रशासनले मिनियापोलिसमा मात्र एक हजारभन्दा बढी अतिरिक्त भन्सार तथा सीमा सुरक्षा कर्मचारी खटाएको बताइएको छ । सो संख्या बढाएर दुई हजार पुर्याउने तयारी भइरहेको जनाइएको छ ।
मिनियापोलिसका मेयर ज्याकोब फ्रेले संघीय एजेन्टहरूले स्थानीय बासिन्दाविरुद्ध असंवैधानिक व्यवहार गरिरहेको आरोप लगाए । “हाम्रा छिमेकीहरूमाथि संघीय एजेन्टहरूले यस्ता गतिविधि गरिरहँदासम्म हामीसँग उपलब्ध कानुनी उपाय प्रयोग गरेर प्रतिकार जारी राख्नेछौं,” उनले सोमबार भने ।
मुद्दामा ‘अपरेशन मेट्रो सर्ज’ वैधानिक कानून कार्यान्वयन नभई डेमोक्र्याटिक नेतृत्वको मिनेसोटाविरुद्ध बदला लिने उद्देश्यले गरिएको कदम भएको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण