‘टक्सिक’ को टिजर विवादमा, अश्लीलताको आरोप
सारांश
- कन्नड सुपरस्टार यशको फिल्म 'टक्सिक' को टिजरमा आपत्तिजनक दृश्यहरू समावेश भएको भन्दै विवाद भएको छ।
- सामाजिक अभियन्ताले टिजरका दृश्यहरूले बालबालिका र युवाहरूमा नकारात्मक असर पार्ने दाबी गर्दै उजुरी दिएका छन्।
- फिल्म आगामी मार्च १९ मा रिलिज हुँदैछ, र यसको प्रतिस्पर्धा रणवीर सिंहको फिल्मसँग हुने सम्भावना छ।
नयाँ दिल्ली । कन्नड सुपरस्टार यशको प्रतीक्षित फिल्म ‘टक्सिक: ए फेयरी टेल फर ग्रोन-अप्स’ रिलिज अगावै गम्भीर विवादमा फसेको छ।
फिल्मको टिजरमा समावेश केही दृश्यहरू अश्लील, आपत्तिजनक र नैतिक मूल्य मान्यता विपरीत रहेको भन्दै सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) मा उजुरी दर्ता गराएका हुन्। टिजरमा देखाइएको सामग्रीले बालबालिका र युवाहरूमा नकारात्मक असर पार्ने दाबी उजुरीमा गरिएको छ।
अभियन्ता कल्लाहल्लीले टिजरमा रहेका यौनजन्य र अश्लील दृश्यहरूले अभिव्यक्ति स्वतन्त्रताको सीमा नाघेको आरोप लगाएका छन्। उनले सिनेम्याटोग्राफ एक्ट १९५२ र सेन्सर बोर्डको निर्देशिका उल्लंघन भएको उल्लेख गर्दै टिजरको पुनरावलोकन गर्न र आपत्तिजनक दृश्य हटाउन माग गरेका छन्।
गत जनवरी ८ मा सार्वजनिक भएको टिजरमा यश र एक महिलाबिचको बोल्ड दृश्यलाई लिएर आम आदमी पार्टी (आप) को महिला विङले पनि कर्नाटक राज्य महिला आयोगमा उजुरी दिएको छ।
महिला आयोगले यस विषयलाई गम्भीरतापूर्वक लिँदै सेन्सर बोर्डलाई पत्र पठाएर आवश्यक कारबाही गर्न आग्रह गरेको छ। आयोगका अनुसार बिना कुनै चेतावनी यस्ता दृश्य सार्वजनिक गर्दा महिलाको गरिमा र कन्नड संस्कृतिमाथि चोट पुगेको छ।
आफ्नै गृह राज्य कर्नाटकमा विरोध सुरु भएपछि फिल्मका निर्माताहरूलाई दबाब बढेको छ। यसबारे निर्माण पक्षले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
यसपटक यशका लागि व्यवसायिक चुनौती पनि उत्तिकै बलियो देखिएको छ। ‘टक्सिक’ आगामी मार्च १९ मा रिलिज हुने तयारीमा छ, जुन दिन रणवीर सिंहको सुपरहिट फिल्म ‘धुरन्धर’ को दोस्रो भाग (धुरन्धर २) पनि प्रदर्शनमा आउँदैछ।
पहिलो भागले विश्वभर १२५० करोडभन्दा बढी कमाइसकेको अवस्थामा ‘धुरन्धर २’ सँगको भिडन्त र कानुनी झमेलाले यशको फिल्मलाई संकटमा पार्न सक्ने विश्लेषण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण