फेड अध्यक्ष पावेलको पक्षमा एकजुट भएर उभिए केन्द्रीय बैंक प्रमुखहरू
सारांश
- विश्वका प्रमुख केन्द्रीय बैंकका प्रमुखहरूले फेड अध्यक्ष जेरोम पावेलप्रति ऐक्यबद्धता जनाएका छन्।
- अमेरिकी न्याय मन्त्रालयले पावेलमाथि आपराधिक अनुसन्धान सुरु गरेपछि बैंकहरू एकजुट भएका हुन्।
- ब्याजदर निर्धारणमा केन्द्रीय बैंकको स्वतन्त्रताको महत्त्वलाई जोड दिँदै संयुक्त वक्तव्य जारी गरियो।
वासिङटन डीसी । विश्वका प्रमुख केन्द्रीय बैंकका प्रमुखहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)का अध्यक्ष जेरोम पावेलप्रति ‘पूर्ण ऐक्यबद्धता’ व्यक्त गरेका छन् । अमेरिकाको न्याय मन्त्रालयले पावेलमाथि आपराधिक अनुसन्धान सुरु गरेपछि विश्वभरका केन्द्रीय बैंकहरू एकजुट भएका हुन् ।
बैंक अफ इङ्ग्ल्यान्ड, युरोपियन केन्द्रीय बैंक र बैंक अफ क्यानाडाका प्रमुखसहित विश्वका ११ केन्द्रीय बैंक प्रमुखहरूले जारी गरको संयुक्त वक्तव्यमा ब्याजदर निर्धारणमा केन्द्रीय बैंकको स्वतन्त्रताको महत्त्वलाई जोड दिएका छन् । ‘अध्यक्ष पावेलले इमानदारीका साथ आफ्नो दायित्व पूरा गर्दै जनहितप्रति अटल प्रतिबद्धता देखाएका छन्,’ वक्तव्यमा भनिएको छ ।
अमेरिकी न्याय मन्त्रालयले केन्द्रीय बैंकसम्बद्ध एउटा भवनको मर्मत सम्भारको विषयमा उनले सिनेट समितिमा दिएको बयानलाई लिएर पावेलमाथि अनुसन्धान गरिरहेको छ । यस अनुसन्धानबारे आफूलाई केही थाहा नभएको ट्रम्पले बताएका थिए । पछिल्लो एक वर्षयता ब्यादर कटौतीको विषयमा मतभेद चुलिँदै गएपछि ट्रम्पले पावेल निरन्तर आलोचना गर्दै आएका छन् । ब्याजदरसम्बन्धी निर्णयको आलोचनासँगै ट्रम्पले व्यक्तिगत तहमै उत्रिएर पावेललाई ‘ठुलो हरुवा’ र ‘मूर्ख’ आदि टिप्पणी गरेका छन् ।
आफ्ना लागि उनी सधैं सम्माननीय सहकर्मी भएको फेड अध्यक्ष पावेलको विषयमा टिप्पणी गर्दै विश्वका केन्द्रीय बैंक प्रमुखहरूले संयुक्त वक्तव्यमा भनेका छन् । यसअघि ट्रम्पका आक्रमणहरूप्रति प्रायः मौन रहेका पावेलले आइतबार सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै अमेरिकी केन्द्रीय बैंकको स्वतन्त्रता जोखिममा परेको चेतावनी दिएका थिए । यो विषय फेडले तथ्य र आर्थिक अवस्थाका आधारमा ब्याजदर तय गर्न सक्नेछ कि राजनीतिक दबाब वा धम्कीका आधारमा मौद्रिक नीति सञ्चालन हुनेछ भन्ने प्रश्नसँग सम्बन्धित छ,’ उनले भनेका थिए ।
ट्रम्पले सन २०१७ मा आफ्नो पहिलो कार्यकालमा पावेललाई फेड अध्यक्षमा नियुक्त गरेका थिए । पावेल आगामी मे महिनामा पदबाट हट्ने तयारीमा छन् । ट्रम्पले आगामी केही हप्ताभित्र नयाँ फेड अध्यक्षको नाम घोषणा गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण