इरानको हिंसाप्रति तत्काल कदम चालिने: ईयू प्रमुख
सारांश
- ईयू प्रमुखले इरानको हिंसामाथि तत्काल नयाँ प्रतिबन्ध प्रस्ताव गर्ने बताइन्।
- उनले इरानमा भएको दमन र मानव अधिकार उल्लंघनको निन्दा गरिन्।
- ईयूले पहिले नै इरानी अधिकारीहरूमाथि प्रतिबन्ध लगाइसकेको छ।
काठमाडौँ । ईयू प्रमुख उसुला भोन देर लेयनले मङ्गलबार इरानमा प्रदर्शनमाथि भएको दमनका कारण बढ्दो हताहतप्रति ब्रसेल्सले छिटो नयाँ प्रतिबन्ध प्रस्ताव गर्ने तयारीमा रहेको बताएकी छिन् ।
भोन देर लेयनले अनलाइन पोष्टमा लेखिन्, “इरानमा हताहतको सङ्ख्या निकै दुःखद छ । म अत्यधिक बल प्रयोग र स्वतन्त्रताको निरन्तर सीमितकरणको स्पष्ट रूपमा निन्दा गर्दछु ।”
उनले थपिन,“दमनमा संलग्न व्यक्तिहरूमा थप प्रतिबन्ध प्रस्ताव गर्न हामी छिटो पहल गर्नेछौँ ।”
ईयूले इरानी जनताद्वारा गरिएका राष्ट्रिय प्रदर्शनलाई सम्मान र समर्थन जनाएको छ । यी प्रदर्शनहरू १९७९ को इस्लामिक क्रान्ति पछिको धर्मगुरु नेतृत्वका लागि सबैभन्दा ठुलो चुनौतीहरूमध्ये एक मानिन्छ ।
ईयूले पहिल्यै पनि विगतका प्रदर्शनमाथि दमन र तेहरानको रुसको युक्रेन युद्धमा समर्थनको कारण सयौँ इरानी अधिकारीमाथि प्रतिबन्ध लगाइसकेको छ ।
इरानको रिभोलुसनरी गाड्र्सलाई ‘आतङ्कवादी’ सङ्गठनको रूपमा घोषणा गर्न केही प्रस्ताव उठेका छन्, तर ब्रसेल्सले अहिलेसम्म कानुनी आधार नभएको स्पष्ट पारेको छ ।
भोन देर लेयनले भनिन्,“रिभोलुसनरी गाड्र्सलाई मानवअधिकार उल्लंघनको कारण ईयूले पहिले नै सम्पत्ति रोकथाम र भिसा प्रतिबन्धको सूचीमा राखिसकेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण