पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु
सारांश
- पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मी जाँदै गरेको टिपर २ सय ५० मिटर तल खसेको हो।
- मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय केशव सुनार रहेका छन्, घटनाको अनुसन्धान जारी छ।
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै मंगलबार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर सडकबाट करिब दुई सय ५० मिटर तल खोलामा खसेको हो।
दुर्घटनामा मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय केशव सुनार रहेका छन्। उनको ठेगाना र उनी सवारी चालक हुन् वा अन्य व्यक्ति भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटना बिहान करिब ४ बजे भएको थियो। घटनास्थल अप्ठ्यारो खोला र झाडी भएको क्षेत्रमा पर्ने भएकाले अन्य मानिस सवार थिए वा थिएनन् भन्नेबारे प्रहरीले खोजीकार्य जारी राखेको छ। घटनालगत्तै हार्थोक र अर्गलीबाट प्रहरी टोली पुगे पनि बिहान अँध्यारो भएका कारण उद्धार र अनुसन्धानमा केही समय कठिनाइ भएको थियो।
प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण