सन् २०२५ मा चीनको वैदेशिक व्यापार ३.८ प्रतिशतले बढ्यो
बुधबार, ३० पुस २०८२, ०९ : ४२
सारांश
- चीनको वैदेशिक व्यापार २०२५ मा ४५.४७ ट्रिलियन युआन पुगेको छ।
- निर्यातमा ६.१ प्रतिशतको वृद्धि हुँदा आयातमा ०.५ प्रतिशतको झिनो वृद्धि भएको छ।
- यो तथ्याङ्कले चीनको निर्यात क्षमता बलियो रहेको देखाउँछ।
बेइजिङ । चीनको वैदेशिक व्यापार २०२५ मा ४५.४७ ट्रिलियन युआन पुगेको छ । जसमा निर्यातले ६.१ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
सन् २०२५ मा चीनको वैदेशिक व्यापारमा ३.८ प्रतिशतको वृद्धि भएको आधिकारिक तथ्याङ्कले देखाएको छ । भन्सार सामान्य प्रशासनका उपप्रमुख वाङ जुनकाअनुसार चीनको कुल वैदेशिक व्यापार ४५.४७ ट्रिलियन युआन (करिव ६.४८ ट्रिलियन अमेरिकी डलर) पुगेको छ ।
यस अवधिमा निर्यात ६.१ प्रतिशतले बढेर २६.९९ ट्रिलियन युआन पुगेको छ भने आयातमा ०.५ प्रतिशतको झिनो वृद्धि भई १८.४८ ट्रिलियन युआन कायम भएको छ । यो वृद्धिले विश्वव्यापी आर्थिक चुनौतीका बाबजुद चीनको निर्यात क्षमता सबल रहेको संकेत गर्दछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण