गायक सज्जनराज वैद्य दशरथ रङ्गशालामा गुन्जिने
सारांश
- युवा गायक सज्जनराज वैद्यले माघ २ गते दशरथ रंगशालामा प्रस्तुति दिने भएका छन्।
- उनले मच्छिन्द्र र एनआरएटी क्लबबीचको फुटबल खेलअघि आफ्नो प्रस्तुति दिनेछन्।
- वैद्यले लामो समयपछि काठमाडौंमा प्रस्तुति दिन लागेका हुन्, र उनका चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
काठमाडौँ । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्य दशरथ रङ्गशालामा गुन्जिने भएका छन् । युवा पुस्ताका चर्चित गायक वैद्यले माघ २ गते राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत हुने मच्छिन्द्र र एनआरएटी क्लबबिचको खेलअघि प्रस्तुति दिने भएका हुन् ।
लामो समयपछि वैद्यले काठमाडौँमा प्रस्तुति दिन लागेका हुन् । उनले आफ्ना चर्चित गीत त्यहाँ प्रस्तुत गर्ने जनाइएको छ ।
वैद्य नेपाली गायक, गीतकार, गिटार वादक हुन् । उनले सन् २०१४ मा आफ्नो पहिलो गीत आज मात्र निकालेका थिए । २०१६ मा हवाईजहाज, २०१८ मा चिठीभित्र निकालेपछि उनी प्रख्यात भएका थिए । 'हतारिँदै, बतासिँदै' उनको सबैभन्दा चलेको गीत हो । 'बराली लग्यो यो हावाले', 'फुत्की जाने जोवन'लगायतका उनका चर्चित गीत हुन् ।
सो प्रतियोगिताको लाइभ स्ट्रिम एमएसएम भिडियो एपबाट हुने छ । यो एपमार्फत प्रतियोगितालाई नेपालमा हेर्न ३ महिनासम्म ८९९ रुपैयाँ र विदेशमा तीन महिनासम्म १५ अमेरिकी डलर तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण