राष्ट्रिय लिग आजबाट सुरु, पहिलो खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लब भिड्ने
सारांश
- एन्फाले आयोजना गर्ने एन्फा राष्ट्रिय लिग बुधबारबाट सुरु हुँदैछ, जसमा १७ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
- पहिलो खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लब तथा दोस्रो खेलमा श्री भगवती र चर्च ब्वाइज क्लब भिड्नेछन्।
- शहीद स्मारक ‘ए’ डिभिजनका १३ र प्रेसिडेन्ट कपका शीर्ष चार टोली लिगको उपाधिका लागि भिड्नेछन्।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने एन्फा राष्ट्रिय लिग आज (बुधबार) बाट सुरु हुँदैछ । आज दुई खेल हुनेछन् ।
पहिलो खेलमा सुर्खेतको काँक्रेविहार फुटबल क्लबले ए डिभिजन लिग क्लब फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएको काँक्रेविहार पहिलो पटक ए डिभिजन लिग क्लबसँग खेल्दैछ । एन्फा कम्प्लेक्समा हुने यो खेल बिहान ११ बजे सुरु हुनेछ ।
त्यस्तै, दोस्रो खेलमा श्री भगवती क्लब र चर्च ब्वाइज क्लब भिड्नेछन् । भगवती क्लब भर्खरै मात्र ए डिभिजन लिगमा छनोट भएको हो भने चर्च ब्वाइज क्लबले यसअघि नै ए डिभिजन लिग खेलिसकेको छ ।
आजबाट सुरु भएको प्रतियोगितामा १७ क्लबले प्रतिस्पर्धा गर्नेछन् । शहीद स्मारक ‘ए’ डिभिजनका १३ र प्रेसिडेन्ट कपमा शीर्ष चार स्थानमा रहेका टोलीहरूले राष्ट्रिय लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । हिमालयन शेर्पा क्लबले भने यस प्रतियोगितामा सहभागिता जनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण