भारतमा नखेल्ने बंगलादेशको अडान कायमै
ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) आगामी टी-२० विश्वकपका आफ्ना खेलहरू भारतमा नखेल्ने अडानमा कायम रहेको छ। बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू भारतको सट्टा श्रीलंकामा आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग माग गरेको हो।
मंगलबार आईसीसीसँग भएको भिडियो कन्फरेन्समार्फत बीसीबीले आफ्नो माग पुनः दोहोर्याएको छ। यद्यपि, आईसीसीले भने तालिका सार्वजनिक भइसकेको भन्दै बंगलादेशलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।
पछिल्लो समय भारत र बंगलादेशबिचको क्रिकेट सम्बन्धमा तनाव देखिएको छ। बंगलादेशमा हिन्दुहरूको हत्या भएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई आईपीएल खेल्न अनुमति दिएको थिएन। बीसीसीआईको निर्देशनपछि कोलकाता नाइट राइडर्सले उनलाई टोलीबाट बाहिर राखेको थियो।
यसैको प्रतिक्रियास्वरूप बंगलादेश सरकारले आफ्नो देशमा आईपीएलको प्रसारणमा रोक लगाएको थियो। अहिले आएर बंगलादेशले खेलाडी, पदाधिकारी र सहयोगी कर्मचारीको सुरक्षालाई प्रमुख प्राथमिकता दिँदै भारतमा खेल्न नसक्ने बताएको छ।
विश्वकपको तालिका अनुसार बंगलादेश ग्रुप ‘सी’ मा रहेको छ। जसअन्तर्गत बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्ल्यान्डसँग कोलकाताको इडेन गार्डेनमा खेल्ने तालिका छ। त्यस्तै, फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग बंगलादेशको अन्तिम ग्रुप स्टेज खेल तय गरिएको छ।
तर बंगलादेशले यी सबै खेल भारत बाहिर सार्नुपर्ने अडान नछाडेपछि विश्वकपको तालिका प्रभावित हुने देखिएको छ। आईसीसीले यसअघि बंगलादेशको माग अस्वीकार गरे पनि अहिले समाधानका लागि छलफल जारी राख्ने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण