चन्द्रौटा घटनामा ज्योति मगर : म होइन भन्दा कतिको मन दुख्यो होला !
बुधबार, ३० पुस २०८२, १२ : ०४
सारांश
- गायिका ज्योति मगरले आफू चन्द्रौटामा लखेटिएको भन्ने समाचार भ्रामक भएको बताइन्।
- उनले उक्त दिन आफू दाङको घोराहीमा कार्यक्रममा सहभागी भएको र कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताइन्।
- मगरले भ्रामक समाचार फैलाउनेहरूलाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरिन्।
काठमाडौँ । गायिका ज्योति मगरले चन्द्रौटामा आफू लखेटिएको भन्ने समाचार भ्रामक भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो विषयमा स्पष्ट पारेकी हुन् ।
उनले समाचारमा भनिएको दिन आफ्नो प्रस्तुति दाङको घोराहीमा रहेको र त्यहाँको कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको समेत बताएकी छन् ।
‘मेरा प्यारा दुस्मनहरू शुभ प्रभात । चन्द्रौटामा ज्योति मगर लखेटिइन् भन्ने भ्रामक समाचारले तपाईंको हड्डी हाँसिरहेको बेला त्यो कार्यक्रम जिबब भन्ने र्यापार भाइको रहेछ भन्ने थाहा पाउँदा तपाईंको मनमा कति चोट पर्यो होला’, उनी अगाडि लेख्छिन् ‘त्यो म बुझ्न सक्छु । भ्रामक समाचार फैलाउने र सोही समाचार सुनेर आत्मरतिमा रमाउने सम्पूर्ण दुस्मनहरूको यो दुःखद घडीमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण