सिट बाँडफाँटका लागि लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
सारांश
- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ।
- मोर्चामा रहेका दलहरूमध्ये जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच चुनावी तालमेल हुने सम्भावना रहेको छ।
- आजको बैठकमा दलहरूले आ-आफ्नो क्षेत्र र उम्मेदवारबारे प्रस्तुति दिने र कार्यदल बनाएर प्रक्रिया अघि बढाउने योजना रहेको छ।
काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न आज सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ ।
मोर्चामा सात वटा दल छन् । त्यसमध्ये जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टीबिच एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको छ ।
उता एउटै चुनाव चिह्नबाट चुनावमा भाग लिने भन्दै राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबिच सहमति भइसकेको छ । मोर्चाको बैठकले जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच हुने चुनावी तालमेलको खाका बनाउने जनाइएको छ ।
यसअघि बसेको मोर्चाको बैठकले कुनै दलमा कति जना उम्मेदवार सिफारिस भएको, कुन क्षेत्रको के अवस्था छ भन्ने लगायतको विषयमा अध्ययन गरेर बैठकमा प्रस्तुत गर्न भनिएको थियो । आजको बैठकमा सबै दलले आ–आफ्नो क्षेत्र र उम्मेदवारका बारे बैठकमा प्रस्तुत गर्ने र त्यसमा छलफल गरेर टुङ्गो लगाइने राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताए ।
सबै दलले आ–आफ्नो दाबी प्रस्तुत गरिसकेपछि सम्भवतः एउटा कार्यदल बनाएर प्रक्रिया अघि बढाउने योजना रहेको मोर्चा सम्बद्ध एक नेताले जानकारी दिए । यी सबै विषयमा आजको बैठकले टुङ्गो लगाउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण