गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
काठमाडाैँ । गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको पत्रकारहरुसँगको नियमित साक्षात्कारमा ’अक्टोबरको सुरुमा भएको युद्धविराम पछि गाजामा एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै त्यो युद्धविराम पछि हरेक दिन मारिने हरुमा लगभग एक जना बालबालिका रहेको जनाएका छन् ।
गाजा पट्टीमा इजरायली बमबारी निरन्तर चलिरहेको उल्लेख गर्दै उनले गाजामा मानव जीवन असहज बन्दै गहिरहेको बताएका छन् । मृत्यु भएका बालबालिकाहरुमा ६० जना केटाहरू र ४० केटीहरूको भएको उल्लेख गर्दै सबैको मृत्यु इजरायली सैन्य आक्रमणहरूको कारण भएको एल्डरले बताए ।
पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार सन् २०२३ अक्टोबर– ७ देखि गाजा पट्टीमा इजरायली आक्रमणबाट मर्नेहरूको सङ्ख्या ७१ हजार ४२४ पुग्नुका साथै एक लाख ७१ हजार ३२४ घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण