कांग्रेस राजनीति
सहमतिमा कार्यतालिका ल्याएर महामन्त्रीहरूले धोका दिए : पूर्णबहादुर खड्का
बुधबार, ३० पुस २०८२, १५ : ०४
१
सारांश
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरले सहमतिमा धोका दिएको आरोप लगाए।
- खड्काले महामन्त्रीहरूसँगको सहमतिमा ल्याएको कार्यतालिकामा धोका भएको र केही काम अवैध भएको बताए।
- उनले पार्टी विभाजनको सम्भावना रहेको औंल्याउँदै तीनवटा मुख्य अडानमा सहमति हुन नसकेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरले सहमतिमा ल्याइएको कार्यतालिकामा धोका दिएको बताएका छन्।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा खड्काले ब्रिफिङ गर्दै भने, “महामन्त्रीहरूसँगको सहमतिमा कार्यतालिका ल्याएको हुँ, तर जे जे काम गर्दा भ्याएन भने त्यसलाई सार्ने सहमतिमा धोका भएको छ।” उनले केही कार्यहरू अबैध भएको आरोप पनि लगाएका छन्।
बैठकमा खड्काले विशेष महाधिवेशन पक्षधरले तीनवटा महत्वपूर्ण अडान छोड्न नसकेको बताए। उनका अनुसार, “महामन्त्रीहरूले प्रधानमन्त्री घोषणा, देउवाजी राजनीतिबाट सन्यास लिने र हाइकमाण्ड बनाउने विषयमा अडान छाडेनन्। अरु सबै माग पूरा हुने भए पनि यी तीन विषयमा सहमति हुन सकेको छैन।”
उनले अबको अवस्था यस्तो रहेमा पार्टी विभाजनको सम्भावना रहेको पनि औंल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण