विशेष महाधिवेशन पक्षधरको आरोप : सहमतिका लागि हदैसम्म लचकता देखाउँदा पनि कारबाही गरियो
सारांश
- नेपाली कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतलाई कारबाही गरेको विशेष महाधिवेशन पक्षधरको आरोप छ।
- केन्द्रीय समितिको निर्णय विपरीत विशेष महाधिवेशन बोलाएको आरोपमा उनीहरूलाई कारबाही गरिएको थियो।
- देउवा पक्षले वार्तालाई बेवास्ता गर्दै असहिष्णु व्यवहार देखाएपछि नयाँ कार्यसमिति गठनको तयारी गरिएको छ।
काठमाडौँ । सहमतिका लागि निरन्तर लचकता प्रदर्शन गर्दागर्दै पनि नेपाली कांग्रेसको नेतृत्वले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतलाई कारबाही गरेको विशेष महाधिवेशन पक्षधरले आरोप लगाएको छ।
आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न आरोप लगाउँदै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय समितिको निर्णय विपरीत विशेष महाधिवेशन बोलाएको लगायतका आरोपमा कारबाही गरिएको हो ।
तर विशेष महाधिवेशन पक्षधरले पार्टी एकता जोगाउन भन्दै वार्ताका लागि पटक–पटक लचकता अपनाइएको र अन्तिम क्षणसम्म सहमतिका लागि प्रतीक्षा गरिरहँदा पनि सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले कारबाही गरेपछि अब नयाँ कार्यसमिति गठन गर्न बाध्य भएको बताएको छ ।
देशभरबाट आएका ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्न दबाब दिँदै आए पनि महामन्त्रीद्वय थापा र शर्माले वार्तालाई नै प्राथमिकतामा राख्दै आएको विशेष महाधिवेशन पक्षधरको दाबी छ ।
तर वार्तालाई बेवास्ता गर्दै देउवा पक्षले असहिष्णु व्यवहार प्रदर्शन गरेपछि अब नयाँ कार्यसमिति गठन गर्ने तयारी गरिएको उनीहरूको भनाइ छ ।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि जारी विशेष महाधिवेशनअन्तर्गत अहिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य अघि बढाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण