अपडेट
गगन–विश्वप्रकाशसहित तीन जनालाई कारबाही गरिएको पत्र आयोगमा दर्ता
बुधबार, ३० पुस २०८२, १७ : ०५
सारांश
- नेपाली कांग्रेसको देउवा पक्षले तीन नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगमा दर्ता गराएको छ।
- देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा लगायतलाई ५ वर्षे कारबाहीको घोषणा गरेको थियो।
- कारबाहीमा परेका नेताहरूले बहुमत महाधिवेशन प्रतिनिधि आफूहरूसँग रहेको प्रतिक्रिया दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले तीन नेतामाथि कारबाही गरेको जानकारी सहितको पत्र निर्वाचन आयोग पुगेको छ ।
बुधबार अपराह्न देउवा पक्षका नेताहरू आयोग पुगेर पत्र दर्ता गराएका हुन् । आयोग स्रोतका अनुसार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दर्ता भइसकेको छ।
आजै बसेको देउवा पक्षको केन्द्रीय समिति बैठकले तीन नेतालाई ५ वर्षे कारबाहीको घोषणा गरेको थियो । कारबाहीमा परेका नेताहरूले भने बहुमत महाधिवेशन प्रतिनिधि आफूहरूको पक्षमा रहेकाले त्यस्तो कारबाहीको औचित्य नभएको प्रतिक्रिया दिएको छ । विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण