टासी ल्हाजोमको आक्रोश, ‘म तिब्बती होइन, तिब्बती ब्वाइफ्रेन्ड पनि छैन’
सारांश
- रास्वपाकी समानुपातिक सूचीमा रहेकी टासी ल्हाजोमले आफ्नो उम्मेदवारी फिर्ता लिएको खबरको खण्डन गरेकी छिन्।
- टासीले आफू सूचीबाट नहटेको र हटाउनमा आफ्नो संलग्नता नरहेको बताइन्, साथै तिब्बती आरोपको खण्डन गरिन्।
- उनले आफूलाई रोक्न खोज्ने विरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिँदै प्रमाण पेश गर्न चुनौती दिइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा रहेकी टासी ल्हाजोमले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गरेकी छिन् ।
विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम समानुपातिक सूचीबाट हटेको वा फिर्ता लिएको भन्ने खबर आएपछि सामाजिक सञ्जालमार्फत उनले ती समाचारहरू आधारहीन भएको स्पष्ट पारेकी हुन् ।
टासीले आफू समानुपातिक बन्दसूचीबाट नहटेको र आफ्नो नाम हटाउनमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी छिन् ।
उनले आफूमाथि लागेका ’तिब्बती’ भएको आरोपको पनि प्रतिवाद गरेकी छिन् । आफू तिब्बती नभएको, ’फ्री तिब्बत’ अभियानमा कुनै पनि हिसाबले नजोडिएको र आफ्नो ब्वाइफ्रेन्ड पनि तिब्बती नभएको उनले दाबी गरेकी छिन् । बारम्बार स्पष्टीकरण दिँदा पनि गलत हल्ला फैलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छिन् ।
आफूमाथि आरोप लगाउनेहरूलाई टासीले प्रमाण पेस गर्न खुला चुनौती दिएकी छिन् । उनले आफू वा आफ्नो संलग्नताको बारेमा कसैले प्रमाण भेटेको दाबी गर्छ भने त्यसलाई सार्वजनिक गर्न चुनौती दिएकी हुन् । उनले प्रमाणबिना चरित्र हत्या नगर्न सचेत गराएकी छिन् ।
एक सार्वभौम देशको नागरिकको हैसियतले नेपालको संविधानले दिएको अधिकार प्रयोग गरेर चुनाव लड्न पाउनु आफ्नो हक भएको उनले जिकिर गरेकी छिन् ।
उनले आफ्नो संवैधानिक अधिकार हनन गर्ने वा आफूलाई रोक्न खोज्ने जोकोहीविरुद्ध कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण