लापसे गरी सवारी चलाउने ४ जना पक्राउ
सारांश
- काठमाडौंमा लागुपदार्थ सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ परेका छन्।
- ट्राफिक सप्ताह अन्तर्गत विशेष चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्।
- पक्राउ परेका चालकलाई थप कानुनी कारबाहीका लागि प्रहरी वृत्तमा पठाइएको छ।
काठमाडौं । यात्रुको सुरक्षामा गम्भीर खेलबाड गर्दै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने तीन जना बस चालक र एक जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 'ट्राफिक सप्ताह' अन्तर्गत बुधबार काठमाडौंको सितापाइलामा गरिएको विशेष चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले दिउँसो १८ वटा सवारी साधनका चालकमाथि परीक्षण गरेको थियो। सो क्रममा ३ वटा यात्रुवाहक बस र एउटा भाडाको ट्याक्सी चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको हो। पक्राउ परेका सबैलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि सम्बन्धित प्रहरी वृत्तमा पठाइएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
यात्रु बोक्ने जस्तो संवेदनशील पेसामा रहेका चालकले नै लागुपदार्थ सेवन गरेर सवारी चलाउनु दण्डनीय र जोखिमपूर्ण भएको ट्राफिक प्रहरीको ठहर छ। यसले चालकको मात्र नभई बसमा सवार दर्जनौँ यात्रुको ज्यान समेत जोखिममा पार्ने भएकाले प्रहरीले यस्तो चेकिङलाई तीव्रता दिएको छ।
प्रहरीले सर्वसाधारण यात्रुहरूलाई पनि सचेत रहन आग्रह गरेको छ। आफू सवार सवारी साधनका चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र प्रहरीको १०० मा खबर गर्न अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण