अल्लु अर्जुन र लोकेश कनगराजको नयाँ फिल्म घोषणा
सारांश
- अल्लु अर्जुन र लोकेश कनगराजको नयाँ फिल्म 'AA23' को औपचारिक घोषणा भएको छ।
- फिल्मको छायांकन २०२६ मा सुरु हुनेछ, जसमा अनिरुद्ध रविचन्दरले संगीत दिनेछन्।
- अल्लु अर्जुनले निर्देशक एट्लीको फिल्म 'AA22' पछि लोकेशको फिल्ममा काम गर्नेछन्।
हैदराबाद । लामो समयदेखिको प्रतीक्षा र अड्कलबाजीलाई समाप्त गर्दै दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र सफल निर्देशक लोकेश कनगराजको नयाँ फिल्मको औपचारिक घोषणा भएको छ। मकर संक्रान्तिको अवसर पारेर 'मैत्री मुभी मेकर्स'ले अल्लु अर्जुनको २३औँ फिल्मको रुपमा ‘AA23’ सार्वजनिक गरेको हो।
निर्माण पक्षले ‘स्ट्राइभ फर ग्रेटनेस’ ट्यागलाइनसहित एक विशेष भिडियो सार्वजनिक गर्दै भारतीय सिनेमाको यो सहकार्यलाई अमर रहने दाबी गरेको छ।फिल्मको संगीत चर्चित संगीतकार अनिरुद्ध रविचन्दरले दिने पक्का भएको छ।
घोषणा भिडियोमा ‘२३’ बोलको गीत प्रयोग गरिएको छ, जसलाई हाइजेनबर्गले लेखेका हुन् भने हेक्टर सलामान्काले स्वर दिएका छन्। फिल्मको छायांकन सन् २०२६ मा सुरु हुनेछ।
सामाजिक सञ्जाल एक्समा अल्लु अर्जुनले निर्देशक लोकेश कनगराजसँगको यो नयाँ यात्रालाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन्। निर्देशक कनगराजले पनि अल्लु अर्जुनसँग काम गर्न पाउनु आफ्ना लागि खुसीको कुरा भएको उल्लेख गर्दै फिल्मलाई धमाकेदार बनाउने प्रतिबद्धता जनाएका छन्।
अल्लु अर्जुनले पछिल्लो पाँच वर्ष सुकुमारको निर्देशनमा बनेको ‘पुष्पा’ फ्रेन्चाइजीलाई सुम्पिएका थिए। सन् २०२१ मा ‘पुष्पा: द राइज’ र २०२४ मा ‘पुष्पा २: द रुल’ मार्फत उनले विश्वभर चर्चा कमाए।
अहिले उनी निर्देशक एट्लीको फिल्म ‘AA22’ मा दीपिका पादुकोणसँग देखिने तयारीमा छन्। त्यसलगत्तै उनी लोकेशको फिल्ममा व्यस्त हुनेछन्।
अर्कोतर्फ, निर्देशक लोकेश कनगराजले 'विक्रम' र 'लियो' जस्ता सुपरहिट फिल्म दिएर आफ्नै 'लोकेश सिनेम्याटिक युनिभर्स' खडा गरिसकेका छन्। सन् २०२५ मा रजनीकान्त, आमिर खान र नागार्जुन स्टारर फिल्म 'कुली' पछि उनी अल्लु अर्जुनसँगको सहकार्यमा लाग्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण