हजारौँ प्रदर्शनकारीको मृत्यु भएको खबरबारे के भन्छ इरान ?
सारांश
- इरानमा सरकार विरोधी प्रदर्शनमा हजारौं मानिसको मृत्यु भएको दाबीबारे इरानले खण्डन गरेको छ।
- इरानी विदेशमन्त्रीले मृत्यु हुनेको संख्या सयमा मात्र रहेको बताएका छन्, तर अधिकारवादी समूहले संख्या बढी रहेको दाबी गरेका छन्।
- विभिन्न समाचार एजेन्सीहरूले मृत्यु हुनेको संख्या २,००० देखि १२,००० सम्म रहेको अनुमान लगाएका छन्।
तेहरान । इरानमा हालैका दिनमा भइरहेको सरकारी विरोधी प्रदर्शनमा २ हजार ५०० भन्दा धेरैको मृत्यु भएको खबर आइरहेको छ । यस खबरप्रति इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले प्रतिक्रिया दिएका छन् । विरोध प्रदर्शनमा हजारौँ मानिसहरूको मृत्यु भएको दाबीलाई उनले अस्वीकार गरेका छन् ।
‘यी दाबीहरू निराधार छन् । यसको कुनै प्रमाण छैन । मृत्यु हुनेको सङ्ख्या सयमा मात्र छ ।’ फक्स न्यूजसँगको एक अन्तर्वार्तामा अराघचीले भने । मृत्यु हुनेको सङ्ख्या सरकारले छिटै जारी गर्ने पनि उनले बताए । डिसेम्बर २८ देखि इरानमा जारी विरोध प्रदर्शनमा हजारौँ मानिसहरूको मृत्यु भएको दाबी मानवअधिकार सङ्गठनहरूले गरेका छन् । मृत्यु हुनेको सङ्ख्या २,००० देखि ५,००० सम्म रहेको रोयटर्स समाचार एजेन्सीले बताएको छ ।
इरानभित्र र बाहिरका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएसले मृत्यु हुनेको सङ्ख्या लगभग १२ हजार आसपास रहेको बताएको छ । इजरायली गुप्तचर स्रोतहरूले मृत्यु हुनेको सङ्ख्या लगभग पाँच हजार रहेको बताएको भन्दै एक्सियोस समाचार वेबसाइटले एक समाचारमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण