जसपा नेपाल समन्वय समितिको पहिलो बैठक आज
बिहीबार, ०१ माघ २०८२, १३ : २५
सारांश
- जसपा र लोसपा नेपालको एकता पछि पहिलो बैठक आज बालकुमारीमा बस्दैछ।
- एकतापछि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन भएको थियो र सोही समितिको बैठक बस्न लागेको हो।
- बैठकमा सांगठनिक व्यवस्थापन, टिकट वितरण प्रणाली र चुनावको तयारीबारे छलफल हुनेछ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकता भएपछि आज पहिलो बैठक बस्न लागेको छ ।
दुई पार्टीबिच एकता भएर जसपा नेपाल कायम हुनुका साथै एकतापछि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको थियो ।
सोही समितिको आज बालकुमारीमा पहिलो बैठक बस्न लागेको एक नेताले बताए ।
पहिलो बैठक भएकाले केही सांगठनिक तथा पार्टी व्यवस्थापन कुरा हुनुको साथै चुनावमा टिकट वितरण प्रणालीको बारेमा पनि सामान्य छलफल हुने बताइएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गराउने समय नजिक आइरहेकाले यसबारे छलफल हुने ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण