जासुसीको आरोपमा रुसबाट एक बेलायती कूटनीतिज्ञ निष्कासित
सारांश
- रुसले जासुसीको आरोपमा एक बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएको छ।
- रुसी विदेश मन्त्रालयले बेलायती कूटनीतिक कर्मचारीको गुप्तचर सेवासँग साँठगाँठ रहेको जनाएको छ।
- मस्कोले बेलायती गुप्तचर अधिकारीहरूको गोप्य गतिविधि सहन नगर्ने बताएको छ, र बेलायतलाई कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।
मस्को । जासुसी गरेको आरोपमा रुसले एक जना बेलायती कूटनीतिज्ञलाई देशबाट निकाला गर्ने आदेश दिएको छ । बिहीबार बिहान रुसको विदेश मन्त्रालयले सो आदेश दिएको हो ।
बेलायती दूतावासमा काम गर्ने एक कूटनीतिक कर्मचारीको बेलायती गुप्तचर सेवासँग साँठगाँठ रहेको सूचना आफूले पाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ती कर्मचारीलाई दिँदै आएको कूटनीतिक मान्यता रद्द गरिएको र दुई हप्ताभित्र देश छाडेर जान भनेको छ ।
रुसका लागि बेलायतका चार्ज डी ’अफेयर्स डाना ढोलकियालाई देश निकालाबारे सूचित गर्न मस्कोस्थित मन्त्रालयको मुख्यालयमा बोलाइएको थियो ।
‘रुसमा बेलायती गुप्तचर अधिकारीहरूको गोप्य गतिविधिलाई मस्कोले सहन गर्दैन’ रुसी विदेश मन्त्रालयले भनेको छ । यस विषयमा लन्डनले गरेको कुनै पनि कारबाहीको कडा प्रतिक्रिया दिने पनि मन्त्रालयले जनाएको छ ।
यस विषयमा बेलायती सरकारबाट तत्काल कुनै टिप्पणी आएको छैन । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुस र बेलायतको सम्बन्ध शीतयुद्धयताकै कमजोर भएको छ ।
यसअघि सन् २०२५ को मार्चमा रुसले जासुसीको आरोपमा मस्कोमा तैनाथ दुई बेलायती कूटनीतिज्ञहरूलाई निष्कासन गरेको थियो । बेलायतले ती आरोपहरूलाई दुर्भावनापूर्ण र आधारहीन बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण