माघ १२ पछिको यात्रा फरक भूमिका र जिम्मेवारीको हुन सक्छ: प्रकाश सपुत
सारांश
- गायक प्रकाश सपुतले माघ १२ देखि २१ गतेसम्म फरक भूमिका र जिम्मेवारीको यात्रा हुने बताएका छन्।
- उनले सांगीतिक मेला यात्रा २०८२ को कार्यतालिका सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।
- सपुत राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका छन्, जसले गर्दा उनको अभिव्यक्तिलाई राजनीतिक जिम्मेवारीसँग जोडेर हेरिएको छ।
काठमाडौँ । गायक, संगीतकार तथा अभिनेता प्रकाश सपुतले माघ १२ देखि २१ गतेसम्म आफ्नो जीवनमा फरक भूमिका र जिम्मेवारीको यात्रा हुने सक्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यस वर्षको सांगीतिक ‘मेला यात्रा–२०८२’ को कार्यतालिका सार्वजनिक गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सपुतले सार्वजनिक गरेको कार्यतालिकामा यस वर्षका लागि सम्भवतः यही मेला यात्रा अन्तिम हुन सक्ने संकेत पनि गरिएको छ । उनले यात्राको उद्देश्य स्पष्ट गर्दै मेला यात्राको अवधिभर आफू आफ्नो पेसाप्रति इमानदार र व्यावसायिक मर्यादामा रहेर एक कलाकारका रूपमा दर्शकसँग विशुद्ध सांगीतिक तथा मनोरञ्जनात्मक भेटघाट गर्ने बताएका छन् ।
तर, यही स्ट्याटसमा उनले मेला यात्रापछि माघ १२ देखि २१ गतेसम्मको समय ‘फरक भूमिका र जिम्मेवारीको यात्रा’ हुन सक्ने उल्लेख गरेका छन् । सामाजिक विषयलाई गीत–संगीतमार्फत निरन्तर उठाउँदै आएका सपुतको यो अभिव्यक्तिलाई लिएर विभिन्न कोणबाट व्याख्या हुन थालेको छ । यद्यपि, उनले मेला यात्रासम्म आफू पूर्ण रूपमा संगीत र दर्शकसँगको प्रत्यक्ष भेटघाटमै केन्द्रित रहने स्पष्ट पारेका छन् ।
यसबिच, प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भइसकेका छन् । निर्वाचन आयोगमा बुझाइएको सूचीअनुसार उनको नाम दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा रहेको छ। यही पृष्ठभूमिका कारण सपुतले उल्लेख गरेको ‘फरक भूमिका र जिम्मेवारी’लाई कतिपयले राजनीतिक जिम्मेवारीतर्फको सम्भावित सक्रियतासँग जोडेर हेर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण