भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज
सारांश
- भारतीय कलाकार प्रदीप रावतको मुख्य भूमिका रहेको फिल्म 'आ बाट आमा' माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- फिल्मको 'जाँदैछु नौ डाँडा काटेर' बोलको गीत रिलिज गरिएको छ, जसमा पल शाह, बिपना थापा लगायतका कलाकारको अभिनय रहेको छ।
- चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ।
काठमाडौँ । भारतीय कलाकार प्रदीप रावतको समेत मुख्य भूमिका रहेको फिल्म हो ‘आ बाट आमा’ । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्मको ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको छ । जसमा अभिनेता रावतको अभिनय छ ।
परदेशीन लागेको कुरालाई प्रस्ट्याएको गीतमा प्रदीपको अलावा पल शाह, बिपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ । किरण परियारको स्वर रहेको गीतमा अभि सुनारको शब्द सङ्गीत छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म बिपना थापा,पल शाहका अलावा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनैले लेखेका हुन्। फिल्ममा सङ्गीत कोसिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर विष्ट र दिलिप ओखेडाको छ। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।
फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण