शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईजीपी कार्कीको शब्द रचनामा ‘खरानीबाट उठेर आएँ’ बोलको गीत सार्वजनिक

शुक्रबार, ०२ माघ २०८२, १७ : ५८
शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीले रचना गरेको ‘आमा म त खरानीबाट उठेर आएँ’ बोलको गीत सार्वजनिक भएको  छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा शुक्रबार गीत सार्वजनिक गरिएको हो । 

गीतमा प्रहरीले निर्वाह गरेको जिम्मेवारी, सङ्घर्ष, सेवाभावलाई प्रस्तुत गरिएको छ । जेनजी प्रदर्शन हुँदा भदौ २४ मा उपत्यका प्रहरी कार्यालयको नेतृत्व समालेका कार्कीले त्यसबेला प्रत्यक्ष अवलोकन र अनुभूत गरेका विषयलाई गीतको माध्यमबाट मार्मिक तवरले प्रस्तुत गरिएको छ । 

जेनजी पुस्ताको आन्दोलनपछि खरानीबाट उठेर प्रहरी नागरिक सेवा र सुरक्षामा होमिएको विषयलाई गीतमा भावनात्मक रूपमा उजागर गरिएको छ । 

गीतमा दिपक शर्माको संगीत, उदय राज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको छ । गायक थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा सुरक्षा पन्त, सुर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदिप पट्टेल, कृतिका बस्नेत लगायतका कलाकारहरूले अभिनय गरेका छन् । 

मानव सुवेदीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायाङ्कन तथा सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप