मुस्ताङमा हिउँचितुवाको आतङ्क: एकै किसानका ३६ भेडाच्याङ्ग्रा सखाप
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा हिउँचितुवाले आक्रमण गर्दा १७ वटा भेडा मरेका छन्। स्थानीय सन्तोष परियारको खोरमा पसेर हिउँचितुवाले आक्रमण गर्दा ठुलो सङ्ख्यामा भेडा मरेका हुन्।
शीतोष्ण बागवानी विकास केन्द्र पछाडि रहेको परियारको परम्परागत खोरको कच्ची ढोका र बार तोडेर हिउँचितुवा भित्र पसेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ। एक्यापका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार बिहीबार बिहान भएको यस घटनाबाट परियारलाई करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
पीडित किसान परियारको पशुधनमाथि हिउँचितुवाले आक्रमण गरेको यो दोस्रो पटक हो। यसअघि गत मङ्सिर २६ गते पनि हिउँचितुवा खोरमा पस्दा उनका १९ वटा च्याङ्ग्रा मरेका थिए। करिब ३५ दिनको अन्तरालमा भएका दुई आक्रमणबाट परियारका कुल ३६ वटा भेडाच्याङ्ग्रा मरेका छन्, जसबाट उनलाई ११ लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ।
२०० भन्दा बढी भेडाच्याङ्ग्रा पालेका परियारले अघिल्लो आक्रमणपछि गोठ सारे पनि कमजोर पूर्वाधारका कारण पुनः क्षति बेहोर्नुपरेको छ। एक्यापका कर्मचारीले घटनास्थलको निरीक्षण गरी क्षतिको विवरण सङ्कलन गरिरहेका छन्। कार्यालयले वन्यजन्तु क्षति राहत निर्देशिका बमोजिम पीडित किसानलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा आहारको अभाव भएपछि हिउँचितुवा बस्तीतर्फ झरेर घरपालुवा पशुमाथि आक्रमण गर्न थालेको विज्ञहरू बताउँछन्। एक्याप प्रमुख गुप्ताले हिउँचितुवा र मानवबीचको द्वन्द्व बढ्दै जाँदा पशुपालन व्यवसाय नै सङ्कटमा परेको भन्दै सुरक्षित र दिगो खोर निर्माणमा जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण