एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले खोलिन् लैनचौरमा हिमालय जाभाको आउटलेट
सारांश
- एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले काठमाडौंको लैनचौरमा हिमालयन जाभा आउटलेटको उद्घाटन गरिन्।
- उद्घाटन समारोहमा बेलायती राजदूत र एनआरएनएका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
- लैनचौरमा सञ्चालित आउटलेटमा करिब ५ करोड लगानी भएको छ, जसले हिमालयन जाभाको शाखा विस्तार गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)की उपाध्यक्ष रोजिना प्रधान राईले राजधानीको लैनचौरमा हिमालयन जाभाको आउटलेट सञ्चालनमा ल्याएकी छन् ।
शुक्रबार उक्त आउटलेटको नेपालका लागि बेलायती राजदूत रब फेनले उद्घाटन गरे । उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष हेमराज शर्मासहित एनआरएनए अभियन्ता र नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
होटल मल्ल परिसरमा हिमालयन जाभा सञ्चालनमा ल्याउँदै गर्दा सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भन्दै उनले यसबाट आफू उत्साहित रहेको समेत बताइन् ।

हिमालयन जाभा अन्तर्राष्ट्रियस्तरमा फैलिएको नेपाली फेन्चाइज कफी सप भएको उल्लेख गर्दै राईले सोहीअनुसार आगामी दिनमा यसको शाखा अन्यत्र पनि विस्तार गर्ने आफ्नो उद्देश्य रहेको बताइन् । लैनचौरको हिमालयन जाभामा करिब ५ करोड लगानी भएको बताइएको छ । राईको नेपाल र बेलायतमा विभिन्न क्षेत्रमा व्यवसाय रहेको छ ।
लैनचौरमा सञ्चालनमा आएसँगै हिमालयन जाभाको आउटलेट संख्या ८१ पुगेको छ । झन्डै दुई दशक अघि ठमेलको त्रिदेवी मार्गबाट हिमालयन जाभा सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण