१० एसएसपीलाई दर्ज्यानी चिह्न, चुनावमा सक्रिय हुन आईजीपीको निर्देशन
काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका १० जना अधिकृतहरू दर्ज्यानी चिह्नबाट सुशोभित भएका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
दर्ज्यानी चिह्न पाउने एसएसपीहरूमा रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवासचन्द्र बोहरा छन्। गृहमन्त्रीस्तरको माघ २ गतेको निर्णयले उनीहरूलाई पदोन्नति गरेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै व्यावसायिक समर्पण र निष्ठाको मूल्याङ्कन स्वरूप यो जिम्मेवारी थपिएको बताए। उनले पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेत बढ्ने हुँदा प्राप्त जिम्मेवारीमा आफूलाई अब्बल प्रमाणित गर्न निर्देशन दिए। महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सूचना सङ्कलनलाई प्राथमिकता दिन र सुरक्षा खतरा पहिचान गरी सक्रिय भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई कडा निर्देशन दिए।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य राख्दै एसएसपी रामप्रकाश शाहले व्यावसायिक निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्ने बताए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षक र अन्य वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण